HOME
 
kb = ख्रीष्टीय भजन; mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion); su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song; hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)
red = Nepali; blue = Hindi; black = no lyrics yet

। ट । क्षत्रज्ञ

को. टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
    तन होइन आत्मा बचाउ मन भरिका यी भ्रम हटाऊ (२)
१.  माटोको तन यो माटोमै मिल्छ यहाँ रोपेको आत्मा स्वर्गमा पुग्छ (२)
    (भाँचिएको विश्वासलाई जोडी हेर जिउनलाई लायक हुन्छ) (२)
२.  उकाली ओराली यात्रामा हुन्छ चढ़्दै जाऔँ उकालो कलवरी पुग्छ (२)
    (हराएको जीवनलाई खोजी हेर अनन्त हात लाग्छ) (२)
[शब्द: Unknown; संगीत: Unknown]
१.  टाढो हुँदा परमेश्वरदेखि, हृदय थियो अन्धकार
    पाएँ ज्योति ख्रीष्टको वचनमा, र ख्रीष्ट ममा जिउँछन्‌ ।
को. ख्रीष्ट ममा जिउँछन्‌, ख्रीष्ट ममा जिउँछन्‌
    यो उदेकको मुक्ति हो, येशू ममा जिउँछन्‌ ।
२.  सूर्यको ज्योतिका किरणले, फूकहरू फक्रेझैं
    जीवन ज्योति प्रेम मबाट, ख्रीष्टद्वारा देखिँदछन्‌ ।
३.  एक सुन्दर फूल बीउभित्रदेखि, निस्केर फूलेझैं
    चम्किन्छ ज्योति जीवनको, हो ख्रीष्ट ममा जिउँछन्‌ ।
४.  भरपूर छ हृदय यो तृष्णाले - उहाँजस्तै हुनपाऊँ
    मग्न यो मीठो वचनमा - “येशू ममा जिउँछन्‌” ।
[शब्द: Unknown; संगीत: Unknown]
१. टेक्ने छ हर घुँडा येशूको नाउँमा हर जिब्रो प्रचार्छ महिमाको राजा
   उनलाई प्रभु मान्नु पिताको इच्छा, आदिदेखि हुने वचन ईश्वरका ।
२. नम्र जन्म लिएर पाए नाम प्रभु, पापीलाई बचाउने त्यो नाम हो येशू
   विश्वासी निष्पापी अन्तसम्म भई, मरणदेखि ब्यूति, स्वर्गमा फर्के ।
३. हदयमा येशूलाई राज गर्न देऊ, सबै हटाइदिन्छन्‌ अपवित्र झूटो
   परिक्षा परी उनको आज्ञा मान, उनको इच्छामा छ ज्योति र जीवन ।
४. प्रभु येशू फेरि आउनेछन्‌ हे भाइ परमेश्वरको महिमा स्वर्गदूतगण साथै
   अधिकार सब उनमा, भएछ जम्मा, उनलाई मानिलिन्छौ, मंहिमाको राजा
[शब्द: Unknown; संगीत: Unknown]