HOME
 
kb = ख्रीष्टीय भजन; mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion); su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song; hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)
red = Nepali; blue = Hindi; black = no lyrics yet

। ई । क्षत्रज्ञ

१.  ईश्वर छन्‌ प्रेमी बचाए मलाई, ईश्वर छन्‌ प्रेमी मेरोलागि ।
को. यसकारण गाउँदैछु र स्तुति गर्दैछु, ईश्वर छन्‌ प्रेमी मेरोलागि ।
२.  म पापको भारले डुबेको थिएँ र मेरो लागि उद्धार थिएन ।
३.  त्राण दिने येशू प्रायशिचत भए, पापको भार अनि दु:ख उठाए ।
४.  बढ़ाई होस्‌ तिम्रो, सनातन प्रेमी, जबसम्म जिउँछु स्तुति गर्छु ।
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वर तपाईं उदेकका, छौ अपार महानतमका
    सिंहासन शोभा उही बखान अगाध तेज महिमा ।
२.  अथाह तपाईंको अनन्तकाल, हे आफै-आफ ईश्वर
    स्वर्गदूतले गर्दछन्‌ दिनरात मान पूजा निरन्तर ।
३.  तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदो
    पछुताई काम्दै-काम्दै आशमा पूजा म गर्छु ।
४.  तै पनि प्रभु आफै-आफ म पनि प्रेम गर्छु
    अँ, मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो ।
५.  हे ख्रीष्टका पिता, प्रेमको मूल परमानन्द हुन्छ यो
    स्वर्गलोकमा भोग्नु नित्य वास पाई दर्शन ईश्वरको ।
[शब्द: Unknown; संगीत: Unknown]
ईश्वर थुमा, पवित्र येशू ख्रीष्ट, ईश्वर पुत्र,
उचालिए राजी भई मर्नलाई
मजस्तो दोषीले जानूँ रगत बग्यो,
अझ बग्दैछ, शुद्ध पार्दै, निको पार्दै ।
म उच्च पार्छु येशू, मेरो बलिदान,
उच्च पार्छु मुक्तिदाता, मेरा प्रभु
म उच्च पार्छु, परमेश्वरका थुमा,
दण्डवत्‌ गर्छु तपाईंलाई सिंहासनअघि ।
[शब्द: Unknown; संगीत: Unknown]
१. ईश्वर पिता हाम्रो सुन्नोस्‌, खालि साना मान्छे हौँ
   तै तपाईंलाई ठूलो बिन्ती गर्न अहिले आएका छौँ ।
२. ख्रीष्टको राज्य खूब छिट्टो आओस्‌, ख्रीष्टमा सबले पाऊन्‌ जय
   र तपाईंलाई सबले चिनून्‌, सबले मानून्‌ धन्य भई ।
३. ख्रीष्टको प्रेमको मीठो कुरा सुनिकन मान्छेले ।
   यस संसारमा स्तुति गरुन्‌ जस्तो स्वर्गमा दूतले ।
४. आओस्‌ त्यो संसार तपाईंको हुने घड़ी हे पिता ।
   किनभने सब तपाईंका राज्य पराक्रम महिमा ।
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वर महाराजलाई गर प्रणाम्‌, अँ मान उनका गुण, सामर्थ र प्रेम
    जो हाम्रा छन्‌ ढाल र रक्षक सधैँ, जो बस्छन्‌ प्रतापमा पहिरन स्तुतकालाई ।
२.  प्रताप आनि तेज त गर प्रकाश, हो वस्त्र उज्यालो, डेरा आकाश
    हुन्‌ रथ उनका गर्जनका बादल हजार, बतासका पखेटामा हुन्छन्‌ सवार ।
३.  भूलोक अनि त्यसका उदेकका धन बसाल्नुभो’ तपाईंले, सर्वशक्तिमान्‌
    स्थिर आज्ञाले गर्नुभो’ दरिलो त्यसलाई र घेर्नुभो’ समुद्रले खास्टाले झैँ ।
४.  तपाईंको निधोले राखी विश्वास सब खाँचोअनुसारको भेट्छ निकास
    तपाईंको अनुग्रह अपार छ, सब रीत हे कर्ता, हे रक्षक, हे त्राता, हे मीत ।
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वर यहाँ उपस्थित छौ आशिष्‌ अहिले दिनलाई
    मेघले हेर, घेर्दै आयो, इच्छा पूरो होस्‌ तिम्रै ।
को. हामी स्वर्गे बप्तिस्मा माग्छौँ घनघोर वृष्टि गर
    प्रिय येशू पर्खंदै छौँ मन जगाऊ यही पहर
२.  अनुभव भो’ उपस्थित छौ, भै’गो पवित्र भूमि
    तर अझै बढ़्ता माग्छौँ, आऊ मनमा यसघरी ।
३.  उपस्थित छ अब बिन्ती छ, ल्याउँदैछौँ अब विश्वासलाई
    आत्मा आज जलाऊ मनमा, अहिले आफ्नो हात बढ़ाई ।
४.  प्यारसित हृदय अब देख्दछौँ, अहिले खोल भण्डारलाई
    एउटा गराऊ वृष्टि ठूलो, आशिष्‌ अहिले देऊ पठाई ।
[शब्द: Unknown; संगीत: Unknown]
१. ईश्वर स्वर्गीय पिताले प्रेम गरी लोकलाई, एकले छोरो
   दिइहाले जीवन दिनलाई भाइ हो, जीवन दिनलाई ।
२. एकले छोरो नभनी दिए लोकलाई
   विश्वास गरी सबैले लेऊन मुक्तिलाई, भाइ हो लेऊन मुक्तिलाई ।
३. स्वर्गबाट येशू आए मुक्ति लिएर
   कसले लिए मुक्तिलाई मनै गरेर, भाइ हो मनै गरेर ।
४. येशू पुत्र भएर अवतार लिइआए
   विश्वास गर्ने सबैले मुक्तिदान पाए, भाइ हो मुक्तिदान पाए ।
५. दुनियाँ संसार छ सागर पापैको छ व्यवहार
   पापलाई लुकाइराखेर कसरी तर्छौं पार, भाइ हो कसरी तर्छौं पार ।
६. जसले सुन्छन्‌ प्रभुको अजम्मरे वचनलाई
   उनलाई मुक्ति दिनेछन्‌ अजम्मरेलाई, भाइ हो अजम्मरेलाई ।
७. ईश्वर पिता सामर्थी सबै दान दिनलाई
   मनलाई जगाई तयार हौ, दान लिनलाई भाइ हो दान लिनलाई ।
[शब्द: Unknown; संगीत: Unknown]
१. ईश्वरको छेवैमा जाँदैछु म,
   परे पनि दुःखमा लगिन्छु म ।
   स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
२. परदेशी जस्तै छु, घाम डुब्दै छ,
   वास-गढ़ म खोज्दै छु रात पर्दैछ
   निद्रामा म हुन्छु ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
३. स्वर्गलोकको बाटो दिनछन्‌ मलाई,
   सब थोक दिन्छन्‌ मलाई वहाँ आशिष्‌ पाई
   दूत भन्दा श्रेष्ठ हुन्छु, ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
४. दुःख-शोकलाई त्यागेर, शान्त भएर,
   चम्कँदै रहन्छु वहाँ गएर
   शोक हुँदैन साथमा ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
५. आनन्दको पखेटा जब लिन्छु म,
   संसारको शोक चिन्ता बिर्सन्छु म ।
   स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
[शब्द: Unknown; संगीत: Unknown]
को. ईश्वरको पुत्र येशू मानिस रूप धारण गरी
    स्वर्गको सुखलाई त्यागेर गोठमा जन्म लिए
    सहेर दुःख हामीलाई सुख दिनलाई प्रभुले
    सुख दिनलाई प्रभुले
१.  तिनले सबलाई प्यार गरे, बिरामीलाई चङ्गा गरे
    दुःख़ीलाई सहायता दिएर स्वर्गको प्रचार गरे
    अन्धालाई आँखा, गूँगालाई बोली, गूँगालाई बोली
    बहिरालाई सुनाए शब्द, बहिरालाई सुनाए ।
२.  येशूलाई यो थाहा थियो, सबैले पाप गरेका छन्‌
    ईश्वरको वचनले भन्दछ पापको फल मृत्यु नै हो,
    पापदेखि मुक्त गराउन ख्रीष्टले, गराउन ख्रीष्टले
    क्रूसैमा प्राण त्यागे, भाइ हो, क्रूसैमा प्राण त्यागे ।
३.  ईश्वरको पुत्र येशू तेस्रो दिन बौरी उठे
    मृत्युको बन्धनलाई तोड़ेर स्वर्गको प्रचार गरे
    स्वर्गमा चढ़ी ईश्वरको छेउमा, ईश्वरको छेउमा
    हामीलाई पर्खदैछन्‌ भाइ हो, हामीलाई पर्खदैछन्‌ ।
४.  कुकर्मदेखि फर्की प्रभुमा विश्वास गर्ने
    पाउँदछन्‌ ती सबले मुक्ति, परमेश्वर क्षमा गर्छन्‌
    यसकारण भाइ हो विश्वास गर, विश्वास गर,
    प्रभु येशू ख्रीष्टमा बहिनी, प्रभु येशू ख्रीष्टमा ।
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वरको प्रेम छ कति महान्‌, वर्णन गरी नसकिने
    तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
    विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
    पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे ।
को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
    सधैँभरि दूतगण समस्त गाउँछन्‌ त्यसको जयजयकार
२.  अफशोसी दिन जब बित्नेछन्‌, सांसारिक राज्य नाश हुनेछ
    प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ ।
    ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्‌
    अनुग्रह आदम वंशलाई भनी गाउनेछन्‌ दूतगण ।
३.  समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
    हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
    लेख्न ईश्वरको महान्‌ प्रेम समुद्र सुकी जान्थ्यो
    न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको ।
[शब्द: Unknown; संगीत: Unknown]
को. ईश्वरको महिमा गाउन यस संसारमा
    हरेक विश्वासीको प्रमुख कर्तब्य हो (२)
१.  जीवीत आशा मुक्ति स्वतन्त्रको अचम्म जीवनदानको निम्ति
    आउ सबै मिलि गाउँ उनको नाउँको जय,
    आउ सबै गाउँ उनको नाउँको जय
२.  उहाँको प्रेम अनन्त बलिदान स्वर्गीय मुकुटको निम्ति
    आउ सबै मिलिगाउँ उनको नाउँको जय
    आउ सबै गाउँ उनको नाउँको जय
[शब्द: Unknown; संगीत: Unknown]
१. ईश्वरको मान्छे उठ, छोड़ अयोग्य कर्मलाई
   हृदय, मन आत्मा, सामर्थ देऊ ख्रीष्ट येशू राजालाई ।
२. ईश्वरको मान्छे उठ, राज्य आउँदैछ ढिलो
   सङ्गतको दिन अब छिटो ल्याऊ, हटाऊ रात पापैको ।
३. ईश्वरको मान्छे उठ, मण्डली पर्खंदछ
   त्यो काम निमित्त नसक्ने हो उसलाई प्रसिद्ध बनाऊ ।
४. येशूको क्रूस उठाऊ हिँड़ बाटो उनैको
   मान्छेको पुत्रका दाज्यू-भाइको रुपमा उठ मान्छे ईश्वरको ।
[शब्द: Unknown; संगीत: Unknown]
को. ईश्‍वरको यो वरदान मेरो यो जीवन,
    एकलै बस्न सृजेको होइन,
    (आजन्म साथ दिँदैनौ भने त,
    पलभरको माया मलाई चाहिँदैन) (२)
१.  (पहाड़जत्रो यो जिन्दगीमा एकलै बसूँला
    भनेर चिताएको छैन) (२)
    (तिम्रै विश्‍वासमा आफूलाई सुम्पी) (२) 
    (मनमा कुनै थोक लुकाएको छैन) (२)
२.  (बर्बाद नबनोस् यो मेरो जीवन,
    मीठा-मीठा कुराले, अभिलाषाले) (२)
    (समर्पण हुँदैछु तिमीसामु आज) (२) 
    (ईश्‍वर छन् साक्षी तिमी याद राख) (२)
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता,
    सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह ।
को. (हल्लेलूयाह) (३) हल्लेलू हल्लेलूयाह
२.  रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
    जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह ।
३.  माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ,
    घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह
[शब्द: Unknown; संगीत: Unknown]
को. ईश्वरको वचन पूरा गर्नलाई वचन देह भयो
    बालक येशू सबका उद्धारक (जन्म गोठमा भो’) (२)
१.  बालक ईश्वरको प्रिय पुत्र हुन्‌, नाउँ येशू उनको (२)
    उद्धार गर्नलाई जन्मेका उनी ईश्वरका पुत्र हुन्‌ ।
२.  ईश्वरको पुत्र भएर पनि मानव रुप लिनुभो (२)
    आफैलाई रित्याई दिएको दान बालक येशू हुन्‌ ।
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वरचाहिँ प्रेम हुन्‌, प्रेमचाहिँ अमर हो, ईश्वर प्रेम सर्वश्रेष्ठ हो,
    विश्वास, आशा र प्रेममध्ये पनि प्रेम सबैभन्दा श्रेष्ठ हो ।
२.  पूर्ण हृदय र शक्ति, बल, प्राणले परम ईश्वरलाई प्रेम गरौँ,
    छिमेकीसँग आफैसँग झैँ सर्वदा निष्कपट प्रेम गरौँ ।
३.  प्रेमले सदाकाल धीरज धर्दछ, प्रेमले कहिल्यै ईख गर्दैन,
    प्रेमले कहिल्यै शेखी गर्दैन, प्रेमचाहिँ कहिल्यै पुलिँदैन ।
४.  प्रेमले कुरीति कहिल्यै गर्दैन, आफ्नै भलाइ खोज्दैन,
    बुराई, घमण्ड, छल कपट गर्दैन, प्रेमचाहिँ कहिल्यै मर्दैन ।
५.  प्रभु येशूको पछिल्लो आज्ञा एक-अर्कासँग प्रेम गरौँ,
    एक-अर्काको प्रेमको ऋण बोक्दै येशूको आज्ञा पूरो गरौँ ।
[शब्द: Unknown; संगीत: Unknown]
१. ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत्‌ गरूँ प्रचारी प्रताप
   आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै-आफ ।
२. फिक्रीका भार हालूँ ईश्वरको चरणमा, उनले त्यो हृदयमा बोक्छन उठाई
   शोक मेटिदिन्छन्‌, पुर्याउँदछन्‌ शरणमा पाउ डोर्याई मारेको झैँ ।
३. ईश्वरको महलमा विनाडराईकन छौँ आउन सक्ने दीन-हीन
   मनका भई खालि सच्चाइँ र धन प्रेमको ल्याईकन ग्रहण गरिन्छौँ यी मात्र चढ़ाई ।
४. यति नै ल्याऔँ ता येशूको नाउँमा ईश्वरले लिन्छन्‌ ती कारण उनको हर्षको
   दिन दिन्छन्‌ शोकको साटोमा कमाइको साटो विश्वास दरिलो ।
५. ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत्‌ गरूँ प्रचारी प्रताप
   आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै आफ ।
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वरले आफ्नो पुत्रलाई संसारमा पठाए
    र क्रूसमा मरीकन हामीलाई बचाए
    के दिनु‌ ? के दिनु ? म येशूलाई के दिने,
    त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?
२.  म अति सानो पाठोलाई कि उनलाई मनपर्छ
    र मैले दिएको थोक उनले ग्रहण गर्छन्‌,
    के दिनु ? के दिनु ? त्यो बड़ो प्रेमको,
    त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?
३.  म सधैँ बाइबल पढ्दछु, आज्ञाकारी हुनलाई
    म सधैँ प्रार्थना गर्दछु, उनको इच्छा बुझ्नलाई ।
    के दिनु ? के दिनु ? म येशूलाई के दिनु,
    त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?
[शब्द: Unknown; संगीत: Unknown]
ईश्वरले दिए त्यो असल ठाउँ, म भित्र पस्छु र रमाउँछु
उहाँको महिमा म थाहा गछु, उहाँको राज्य झल्काउँछु
उहाँलाई स्तुति दिन्छौँ हाम्रा प्राण, आत्मा र हृदयको स्वर खोली
सीधै जान्छौँ निशानातिर कनानको भूमिमा ।
[शब्द: Unknown; संगीत: Unknown]
१.  ईश्वरले दिएका रमाहट यस पापी संसारमा
    कि आफ्नो वचनअनुसार दया पाइनेछ
    कि प्रत्येक छिन र प्रत्येक दिन प्रशस्त दया पाइन्छ ।
को. हल्लेलूयाह हल्लेलूयाह हल्लेलूयाह येशू
२.  अँध्यारो भए पनि रमाउँछु सधैँ
    किनकि ईश्वरले मलाई छोड़्दैनन्‌ कहिल्यै
    यात्रामा तकलिफ भए पनि स्वर्गमा पुग्नेछु निश्चय ।
३.  म यात्रा सिध्याएपछि स्वर्गलोक आउनेछु
    त्यहाँ निरन्तर रमाहट येशूसँग पाउनेछु
    सबै पवित्र जनसँग प्रशंसा स्तुति गर्छु म ।
[शब्द: Unknown; संगीत: Unknown]
ईश्वरले संसारलाई यस्तो प्रेम गरे (२)
उनले आफ्नो एक मात्र पुत्रलाई दिए (२)
ज-जसले उनमाथि विश्वास गर्छन्‌ (२)
नाश हुँदैनन्‌ तर अनन्त जीवन पाउँछन्‌ (२)
[शब्द: Unknown; संगीत: Unknown]