HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. गम हो तो मुस्कुराओ, हर घड़ी गुनगुनाओ
आओ मिलकर, गीत मसीह के, संग हमारे गाओ रे गाओ । (२)
१. जैसे पत्थर पर घिसते ही, हिना रंग लाता है (२)
गम मुसिबत में ही इन्सान, उससे बल पाता है
मत घबराओ, सहते जाओ, यीशु का तुम संग अपनाओ ।
२. ये जीवन एक लम्बा सफर है, चलते ही जाना है (२)
यीशु मसीह गर साथ है अपने, फिर क्या घबराना है
जिसने कहा मैं, आया हूँ कि, तुम जीवनको पालो ले पालो ॥गर उपासना प्रभुको जाति, गर जयजय पवित्र जाति गर जयजय पवित्र जाति, हल्लेलूयाह पवित्र पिता (पवित्र पिता, पवित्र पिता, पवित्र पिता) (२) हल्लेलूयाह ।
१. गर बखान पुरानो, स्वर्गको कुराको
येशूको महिमा जानूँ, येशूको प्रेम के भो’,
गर बखान सजिलो, साना बालकलाई झैँ
निर्बल र हैरान छु, छु निर्धो र पापमय ।
को. गर बखान पुरानो (३) येशूको प्रेम के भो’
२. गर बखान बिस्तारै, म बुझ्न सकूँ बात
उदेकको त्यो उद्धारै, जो मेट्ने पापको गत,
गर बखान दोहोर्याई चाँडै बिर्सन्छु म
बिहानको शीत पराई दिउँसो रहनेछ ।
३. गर बखान कमलो, सँग यत्न स्वर र धीर
येशूले प्राण दिइहाले, उद्धार गराई स्थिर;
गर बखान सब समय, यस्तै गरी नै
मलाई गोहार साँच्चै, सब खाँचो हुँदामै ।
४. गर बखान पुरानो, देखा पर्दामा
यस लोकको व्यर्थ मानको धेरै इच्छा गर्छु म
अँ अनि जब म खोजूँ स्वर्गलोकको सत्य मान
गर बखान पुरानो, येशूले गर्छन् त्राण ।को. गरौँ जयजयकार हाम्रा प्रभुको,
उनै हुन् हाम्रा साँचो गोठालो
हर्षित हृदय लिई धन्यवाद चढ़ाऊँ,
भक्तिसहित सबले दण्डवत् गरौँ
१. पापको दण्ड भयङ्कर नरक, कमाइ यो मेरै थियो (२)
धर्म-कर्मका च्यादरले ढाकी पाप ढाकिइँदैनथ्यो
थुकाइ र कुटाइ सहनुभो’ जति (बचाउन प्राण दिए) (२)
२. हेर्दछु कलवरी डाँड़ालाई, टाँगिए प्रभु क्रूसमा (२)
हातमा काँटी, खुट्टामा काँटी, शिरमा तीव्र पीड़ा
सहे सब पीड़ा, दुःख अशान्ति (थिए सब मेरै निम्ति)
३. अचम्मैको रहेछ प्रेम येशूको म दुष्ट घृणितप्रति (२)
जब पापमा ‘थेँ ख्रीष्ट मेरा मरे सब मेरा पापलाई बोकी
शुद्ध मलाई पार्दै, बहेको रगतले (धर्मी मलाई तुल्याए) (२)
४. पथिक नरकको ख्रीष्टले फिराउँदा स्वर्गको यात्री बने (व)
स्वर्ग मेरो देश भो’ यहाँ परदेशी बढ़्छु प्रतिफल अघि
देख्दा प्रभुलाई पीड़ा भुल्नेछु (असीम विश्राम पाउनेछ) (२)को. गहभरि आँशुको धारा प्रेमी प्रभु येशू राजाको
कत्रो पीर येशू राजालाई कलवरीको त्यो श्रापित क्रूसैमा (२)
१. आफ्नो भन्नु कोही थिएन त्यहाँ न ता सँगै रोई दिने (२)
नरोऊ भन्ने एउटै थिएन सबै नै रूवाई दिने (२)
तिमी पनि नरूवाऊ है प्रभुलाई हो... हो...
२. दुःख र कष्ट भोग्दै भोका र प्यासा बनी (२)
गरीब र दु:खी भई निन्दा र गिल्ला सहँदै (२)
अझै पनि नरूवाऊ है प्रभुलाई हो... हो...गहिरो, गहिरो ओ अति गहिरो, मेरो हृदयमा (२) येशूलाई प्रेम गर्छौ कि ? तिर्मो हृदयमा ? हो, म येशूलाई प्रेम गर्छु मेरो हृदयमा ।
को. (गहिरो प्रेमले, प्रेम गर्यो मलाई) (२)
(आमाको भन्दा गहिरो त्यो प्रेम) (२)
(धन्य तपाईं सर्वशक्तिमान तपाईं झै छैन अरू महान्) (२)
(हल्लेलूयाह हल्लेलूयाह) (४)
१. तपाईंलाई प्रभु भुल्ने म छुइँन
तपाईंलाई येशू छोड्ने म छुइँन
तपाईंको साथमा जिउँनेछु
तपाईंको हात समाई हिँड्नेछु ।
२. तपाईं नै मेरो असल गोठालो
तपाईं नै प्रभु अति प्रेमिलो
सदा-सदा महिमा प्रभु
आराधना प्रसंसा येशू ।गाउ बजाऊ उहाँलाई उचालौ (२) सास हुने हरेक प्राणीले (२) परम प्रभुको प्रशंसा गह्रौं (२) तुरही बीणा सारंगी बजाई खैजडी र नाचगान साथमा तार बाजा बाँसुरी बजाई आउ झ्यालीको साथमा ताली बजाऊ, थुमालाई उचालऊ (२) सास हुने हरेक प्राणीले (२) परम प्रभुको प्रशंसा गरौं (२)
को. गाउँ, बस्ती, तराई अनि पहाड़-पखेरोमा
रोइरहेछन् मानिसहरू सधैँ अँध्यारोमा
यसैले हामी जाऊँ ख्रीष्टको सन्देश सुनाउन (२)
१. असत्य फ्याँकी सत्यता खोज्ने उद्देश्य महान्
सफल जीवन व्यतित गर्न निराश नमान (२)
यो काम हामी सम्हाल्छौं, प्रभु, यो जिम्मा हाम्रो भो’
सही बाटो पक्री हिँड़्दछौँ, मसीह, यो प्रण हाम्रो हो (२)
२. झुकेन शिर रत्तिभर पनि झन् अझ उच्च ‘थ्यो
मानिसको जस्तो मरण होइन ख्रीष्टत्व झल्कन्थ्यो
खेदोका पहाड़ कति हो कति सामुन्ने तेर्सिन्थे
ती बिध्नबाधा हटाउने प्रार्थना सदैव जारी ‘थे
मानिस भई मानिसजस्तै जिउन चाहन्छौँ
सत्यको सन्देश सुनाई बढ़्न चाहन्छौँ ।को. केटा : गाउँदै आयौ लहै सत्यको सन्देश
कतै छैन अरू यो भन्दा कुनै बेश (२)
केटी : तिम्रो लागि लहै मुक्तिको खबर
बरी लै लै गरौं जीवनको रहर (२)
१. केटा : धर्म कर्म गर्न मानिस ईश्वरलाई चाहिन्न
कर्म गरे पनि ईश्वरलाई पाइन्न ।
केटी : पाप भने मनमा राखी हुन्न
तिमीले पाए नपाएर कसैलाई हुन्न ।
सबैले : यो त सबै मानिसको भरमा मात्र होला ।
केटा : खोजेर ईश्वर पाए भन्नु शर्म मात्र हुन्न ।
केटा : ईश्वर आफै लहै खोज्छन् है मानिसलाई
कठै मानिस तर बुझ्दैनन् यो कुरालाई ।
केटी : ईश्वर आए लहै मानिसलाई भेट्नलाई
बरी लै लै मानिसको पाप मेट्नलाई ।
२. केटा : जन्मैदेखि मानिस पापी हुन्छ
पापी मानिसदेखि ईश्वर टाढ़ा हुन्छ ।
केटी : पापको मोल तिर्न बलि हुनपर्छ
चोखो बलि भए पापै नाश हन्छ ।
सबैले : मानिसका कुरा गरी चोखा हुन्न है ।
केटी : प्रभु बाहेक चोखो अरू को पो हुन्छ रे ?
केटा : बलि भए लहै ईश्वर आफै नै
कठै मरे उनी काठैको क्रूसैमा ।
केटी : ईश्वरले लहै बगाए रगत
बरी लै लै बुझौ बचाउन यो जगत ।
३. केटा : तिम्रो हाम्रो पापको बली भई दिने
येशू बाहेक अरू छैन ईश्वर नै ।
केटी : व्यर्थै तिमी खोज्छौ किन अरू ईश्वरलाई
ग्रहण गर ईश्वरलाई विश्वासी भई ।
सबैले : तिमीलाई पनि खोजिरहेका छन् उनैले
यही छ सधैं सत्य कुरा अरू खोज्छौं के ।को. गाउँदै जाऔँ प्रभुको महिमा उनैको जन्म दिवसमा
हाँस्दै बढ़ौँ उनकै सेवामा जगाउँदै नौलो भावना
उनैको जन्म दिवसमा, उनैको जन्म दिवसमा
गाउँदै जाऔँ प्रभुको महिमा, हाँस्दै बढ़ौँ उनकै सेवामा
१. खुशीको यो सुसमाचार, फैलाऔँ है दिशै चार (२)
आउनुभयो प्रभु संसारमा, निम्त्याऔँ है उनलाई हृदयमा ।
२. स्वर्गराजको वैभवलाई त्यागेर, आए मानिस रूप लिएर (२)
आउनुभयो प्रभु संसारमा, निम्त्याऔँ है उनलाई हृदयमा ।
३. पापीको बिन्ती सुन्नलाई, स्वर्गका ढोका खोल्नलाई (२)
आउनुभयो प्रभु संसारमा, निम्त्याऔँ है उनलाई हृदयमा ।को. गाउँदै रहन्छु जीवन यात्रामा केवल येशूको छ स्तुति
धन्यवाद मानौँ हे विश्वासीगण मिलेको छ मुक्ति
१. हो कस्तो आनन्द पाप-क्षमा शान्ति तिनका म उमेद्वार
मौका छ मलाई सुनाउन सबलाई येशूको सुसमाचार,
खोलो है दानको प्यारो प्रभु कसरी बहेको
उपयोग जसको गर्न नजानी शरणमा परेको ।
२. जीवन है मेरो समय सीमित कसरी चलाउनु
सिकाउनुहोस् प्रभु प्रत्येक निमेषलाई कामलाग्दो बनाउनु,
तपाईंको सेवा गर्ने अवसर मिलेको छ मलाई
झलझल बल्ने ज्योति म बनूँ सत्यको फल फलाई ।
३. दान मैले पाएँ, स्थान मैले पाएँ आत्मा र स्वर्गको
संसारमै बसी बनेँ म यात्री स्वर्गीय मार्गको,
विश्वले जस्तो आशा गर्दिनँ पाउनलाई मुक्तिदान
आशा हो मेरो जीवनको मुकुट प्रतिफल महान् ।को. गाउन सबैले प्रभुको स्तुति, मिलेर सबै सृष्टि (२)
हल्लेलूयाह, मिलेर सबै सृष्टि
लौ भन सबले जय, हल्लेलूयाह, जिइउठे येशू ख्रीष्ट
१. मृत्युको बन्धन तोड़ेर उहाँले चिहानलाई छोड़नुभो’ (२)
जयवन्त प्रभु, जो आज हाम्रो त्राणकर्ता हुनुभयो, हल्लेलूयाह, त्राणकर्ता हुनुभो’ ।
२. मृत्युको भयले राज्य गर्ने छैन, येशू मसीह मित्र (२)
हुनुहुन्छ हाम्रो तारणहार, सुनन हे मित्र, हल्लेलूयाह सुनन हुनुभो’ ।को. गाऊँ ख्रीष्टीय झुण्ड, सबै मिली प्रभुको स्तुति (२)
१. हृदय-विणाको तार बजाई (२) स्तुति-महिमा देऊ मुक्तिदातालाई,
अफ्नो सृजनहारलाई (जयजयकार गरौँ स्वरमा स्वर मिलाई) (२) ।
२. ईर्ष्या र द्विषको जाल फाडी (२) एकताको सूत्रमा सबैलाई बाँधी
प्रेमको सन्देश बाँडी (कठिनाईलाई पर सारी) (२) ।
३. अन्धकार यो जगको ज्योति अनि (२) मिठास दिने नुन बनी
हामी नून बनी, (क्रूसलाई अल्ग्याऔँ साक्षी बनी) (२) ।को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
हाम्रो दुवै हातै उचाली (२)
१. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)
हामी सबै मिलीजुली उहाँको नाउलाई
एकै साथमा उचाली (२)
२. हातेमालो गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै
उहाँको नाउँलाई उचाल्दै (२)को. गाऊँ स्वरै उचाली बजाउदै ताली (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
हाम्रो दुवै हातै उचाली (२)
१. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)
हामी सबै मिलीजुली उहाँको नाउँलाई
एकै साथमा उचाली (२)
२. हातेमाले गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै
उहाँको नाउँलाई उचाल्दै (२)१. (गाऊँ हल्लेलूयाह प्रभुलाई) (२) (गाऊँ हल्लेलूयाह) (२)
गाऊँ हल्लेलूयाह प्रभुलाई ।
२. (येशू संसारका ज्योति हुन्) (२) (येशू संसारको) (२)
येशू संसारका ज्योति हुन् ।
३. (राज गर्न फेरि आउनेछन्) (२) (राज गर्न फेरि) (२)
राज गर्न फेरि आउनेछन् ।को. गाएर हिँड्ने शोक हाम्रो होइन
पाएर साच्ने दान हाम्रो होइन
शुभ स्न्देश यो येशू जन्मेको गोठैमा (२)
१. (रगतको बलिले भिजेको माटोमा
ईश्वरको निगाह पर्यो मानिसको पापैमा) (२)
देउराली भंज्याङङमा ईश्वर खोज्नेहरूहो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)
२. (गरीब र धनीको ज्ञानी र मुर्खको
भेदभावमा बाचने हे पिडित मानिस हो) (२)
अशान्तिमा शान्ति खोज्नेहरू हो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)को. गाओ गाओ जय के गीत गाओ, ताली बजाके तुम गाओ
यीशु राजा जिन्दा हुआ हाल्लेलूयाह, खुशी से यह सबको सुनाओ (२)
१. कबर पर था एक बड़ा पत्थर, देखो कैसे हट गया वह
रोमी राज्य को मोहर बन्द न रख सकी
कभी भी ईश्वर के पुत्र को ।
२. रो मत रो मत विलाम करो मत, गलील में जाकर कहो यह बात
कि वह वचन अनुसार कबर से निकला,
जाकर सुनाओ सुसमाचार ।
३. हन्ना कैफा पुरनियों की सभा, खतरे से हुई परेशान
अन्धकार की सामर्थ, खत्म होने पर
बहुत घबराया शैतान ।
४. उँचे करो सिर दरवाजों, आता है बड़ा बादशाहा
नरसिंगे सितारे और तबले बजाकर
गाओ तुम हाल्लेलूयाह... ॥को. गाऔँ-गाऔँ जय गीत, गाऔँ ताली बजाएर गाऔँ (२)
येशू राजा बौरी उठे हल्लेलूयाह, रमाएर सुनाऊ समाचार (२)
१. चिहानमा थियो त्यो ठूलो ढुङ्गा, हट्यो हेर कसरी त्यो (२)
रोमी राज्यको मोहर, बन्धन राख्न सक्दैन एकलौटे पुत्र ईश्वरको ।
२. नरोऊ-नरोऊ, विलाप नगर, गालीलमा देऊ समाचार (२)
कि ख्रीष्ट बौरी उठे वचनअनुसार तुरुन्त सुनाऊ यो प्रचार ।
३. हन्ना कैफा पूरा न्यायको सभा डरले भए व्याकुल (२)
अन्धकारको शक्ति नष्ट हुनाले साह्रो आत्तियो शैतान ।
४. विश्वासीहरू शिरलाई उँभो उठाऔँ आउँदैछन् महाराजा (२)
नरसिङ्गा, सितार र तबला बजाऔँ, पुकारौ हल्लेलूयाह ।को. गाऔँ गीत प्रभुको मिलिजुली छौँ सब जो (२)
१. प्रभु हाम्रो गोठाला सबलाई घटी के होला ?
हरियो-हरियो घाँसैमा सबलाई चराई लिईहिँड़्लान् (२)
२. पुर्याई निर्मल नदीमा विश्राम दिन्छन् मनैमा,
आफ्नै नाउँको निम्तिमा डोर्याउँछन् ठीक बाटोमा (२)
३. मृत्यु छाया तराईमा हिँड़्छु जोखिम नडराई
उनको लट्ठी समाई शान्ति दिन्छन् हामीलाई (२)
४. सामु जब वैरी आयो हाम्रालागि भोज राख्यो
हाम्रा प्याला उम्लियो शिरमा तेल लगाइदियो (२)
५. निश्चय प्रभुको दया जीवनभरि होइरहला
जब स्वर्गमा पुगौँला सदासर्वदै बसौँला (२)को. गाऔँ मसीहको जयगान र धन्य भन उनको नाम,
पृथ्वी तलको नर-नारीको (२) एक सहारा मसीह (२)
१. मुक्तिको पथलाई प्रचार गर्दै जीवन मसीहले बिताए
पाप र श्राप मेटाउन मसीहले क्रुसमा रगत बगाए ।
२. अन्धकार जगको अँध्यारोलाई प्रेमी मसीहले हटाए
प्रेम प्रचार्दै, प्रेम बढ़ाउँदै ईर्ष्या र द्वेष मेटाए ।
३. पथिकहरुलाई पथ दर्शाउँदै ईश्वर नाता जोड़ाए
पापको बन्धनमा हामी परेथ्यौ प्यारो मसीहले छुटाए ।
४. अमोल प्रेम जो मसीहमा पाउँछौँ त्यो छाड़ी कहाँ जाऔँ ?
मुक्ति र शान्ति जो उनमा पाउँछौँ जयजयकार उनकै गाऔँ ।को. गाऔँ येशूजीको जयगान, गाऔँ येशूजीको शुभनाम
१. यरूशलेम शहरको, बेथलेहेम गावैँमा (२)
आज जन्मे बालक, जसको येशू नाम (२)
शान्तिको राजा, येशूलाई प्रणाम् (२)
२. इम्मानुएलले जन्म लिए, हाम्रो भव भो’ उज्यालो (२)
पापको विनाश भयो, सत्यले जित्यो (२)
सत्यको राजा, येशूलाई प्रणाम् (२)
३. मसीह येशू अवतार भए, घृणा, हेला टाढ़ो भयो (२)
प्रेम जन्म्यो, प्रेम बढ़्यो, प्रेम बढ़्दै गो’ (२)
प्रेमिलो राजा, येशूलाई प्रणाम् (२)गाऔं हल्लेलूयाह उहाँको जय गाऔं सबै सृष्टि उहाँको जय (२) प्रभु महान छ स्तुतीको योग्य छ (२)
को. गाते है बजाते है खुशियाँ हम मनाते है
क्योंकि परमेश्वर हमारा साथ है । (२)
१. जिसने आकाश बनाया, पृथ्वी को भी बनाया
सब कुछ उसने बनाया, वह परमेश्वर हमारे साथ है (२)
२. जिसने हमको बनाया, जिसने तुमको बनाया
जिसने सबको बनाया, वह परमेश्वर हमारे साथ है (२)
३. पाप में क्यों मरते हो प्यारो, यीशु को तुम अपना बनालो
सबका तारण मिलेगा, क्योकि परमेश्वर हमारे साथ है (२)को. गिन गिन के स्तुति करूँ मैं, उपकारों को याद करूँ मैं
चकित करते है मुझे तेरे काम, आशिषों को याद करूँ मैं ।
१. प्रभु ने मुझ में क्या देखा था,
कि मसीह ने मुझे चुन लिया
मुझ पापी पर दया दिखाकर
मेरी दुआँ को उसने सुन लिया । (२)
२. कितने बलवान दुनिया में थे
फिर भी उसने मुझे बुलाया
अपनी सेवा में व्यस्त करके
अपनी महिमाको मुझे दिखाया ॥ (२)को. गुण म प्रभु तिम्रो गाउनेछु (२), स्तुति, प्रशंसा तिम्रो गर्नेछु,
गुण म प्रभु तिम्रो गाउनेछु (२)
१. पापको सागरमा डुबिरहेथें आँसुको घुट्को पिई हिँडिरहेथें (२)
विचलित हृदय लिई घुमिरहेथें (२) त्यस्तो समयमा प्रभु मलाई भेट्यौ । (२)
हातमा समाती आफ्नो घरमा ल्यायौं, हातमा समाती आफ्नो घरमा ल्यायौं ।
२. हृदयका सब पापलाई रगतले धोइदियौ, (२) अनन्त राज्यको भागीदार बनायौ (२)
आनन्द, शान्तिले भरिदियौ मलाई (२) अनन्त जीवन दिई बचायौ मलाई (२)
आफ्नै काखमा प्रभु मलाई राख्यौ, आफ्नै काखमा प्रभु मलाई राख्यौ ।
३. जिउँदो आशा दिई स्वर्ग चढिगयौ मेरो निम्ति घर तयार गर्न (२)
आउनेछौ फेरि मलाई लिन (२) यही आशामा बाँचेको छु म (२)
सबै दुःखबाट छुटकारा दिनेछौ, सबै दुःखबाट छुटकारा दिनेछौ ।को. गेरसमनीको बगैंचामा येशूजी प्रार्थना गर्नुभो’
(हामी जस्तो पापीलाई बचाउन) (२), पापको कचौरा पिउनुभो (२)
१. कोही थिएन त्यो मध्य रातमा येशूलाई साथ दिने (२)
आफ्नै चेलाले (२) पनि उनलाई (एकलो छाड़िदिए) (२)
प्रार्थना गर परीक्षामा नपर्न येशूले भन्नुभयो
तिम्रो मेरो निम्ति दाम तिरेर (२) रगतले किन्नुभयो (२)
२. हतास उदास हुँदै प्रभु पितालाई पुकारे (२)
रगतको थोपा (२) थोपा पसिना (प्रार्थनामा बगाए) (२)
जागा रहो पवित्र आत्मामा येशूले सम्झाउनुभो’
तिम्रो मेरो निम्ति बलिदान भए (२) पापदेखि छुड़ाउनुभो’ (२)१. गोठ गाईको, पुत्र पिताको पाप हाम्रो, क्रूस अर्कैको मुक्ति हामीलाई, जीवन हामीलाई आनन्द हामीलाई, शान्ति हामीलाई । २. त्यस अँध्यारो चिसो रातमा दूतगण आए ईश्वर साथमा येशू पस्रिए डूँड़ैमा गाए दूतगण मीठो स्वरमा (मीठो स्वरमा) (२) ३. बेथलेहेमको एकलो गाउँमा मरियमको सानो कोखमा (२) आगमन ईश्वरको हर्ष, आनन्द सबैलाई नै भो’ (सबैलाई नै भो’) (२)
१. गोठालहरू भेड़ालाई रातमा कुर्दै थिए
तब स्वर्गदेखि दूत ओर्ली महिमासाथ आए ।
२. लौ नडराऊ दूतले भने म प्रचार गर्नलाई
आएको छु, सब मान्छेलाई सुसमाचार दिनलाई ।
३. तिम्रो लागि छ, जन्मेका दाऊद राजा कुलदेखि
त्राणकर्ता प्रभु आजको दिन देख्न पाउँछौ तिमी ।
४. एक बालक तिमी देख्नेछौ दाऊदको शहरमा
लुगामा बेह्री राखेको र पस्रेको डुँड़मा ।
५. जब यति कुरा भनेथे, अचानक आएथे
सारा स्वर्गदूतगण जो यो गीत आनन्दसाथ गाए ।
६. गुणानुवाद होस् ईश्वरको र जगमा होस् शान्ति
होस् खुशी मान्छेमा अहिले अनि सदाभरि ।१. गोठालो मेरा हुन् प्रभु न घटी छ मलाई हरियो घाँसको चउरमा चराउँदछन् मलाई । २. उनले सुख-चैनको पानीमा डोर्याउँदछन् मलाई र पार्छन् पुनर्जीवित प्राण धर्म मार्गमा हिँड़ाई । ३. जब हिँड़्छु मृत्युको छायामा न डर न छ फिक्री लौरो र लठ्ठीले उनका दिन्छन् मलाई शान्ति । ४. भोज तयार गर्दछन् उनले शत्रुको सामुन्नेमा तेल मेरो शिरमा मल्दछन्, पोखिन्छ कचौरा । ५. मपछि लाग्छ जीवनभर भलाई र करुणा र परमेश्वरको घरैमा म रहनेछु सदा ।