HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. कटनी मानिसले त्यही अनुसार गर्नेछ
जुन प्रकारले उसले रोप्दछ (२)
धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन (२)
१. प्रभु चाँडै आइरहेछन्, प्रभु चाँडै आइरहेछन् ।
हरेक मानिसलाई प्रतिफल दिनलाई (२), आफ्ना आफ्ना काम अनुसार (२)
जाँच तिम्रा काम कस्ता छन्, आगोले त्यसको दिनेछ प्रमाण (२)
सुन चाँदीझैं काम पक्का भए, तिमीले पाउनेछौं इनाम (२)
२. अमुल्य वचनका बीउलाई लिई, अमूल्य वचनका बीउलाई लिई ।
दुःख परिश्रमसाथ आँसुका तराईमा (२), रुँदै छर्नेहरूले (२)
आनन्दका साथमा बीटा बोकेर, हर्ष उल्लासका साथ फर्कनेछन् (२)
आत्माका फलहरू जीवनमा फकाउँदै, ख्रीष्टको सेवा गर्नेछन् (२)
३. तोडा तिमीले पाएका छौ, तोडा तिमीले पाएका छौ ।
एक तोडा पाउनेझैं लुकाएर तोडालाई, श्रापित तिमी बन्नेछौ (२)
दोबर कमाई हिसाब चुक्ता गरे, महिमित राज्यमा आदर पाउनेछौं (२)
आत्मामा रोप्नेले जीवनको कटनी, शरीरमा विनाश कमाउँछन्
४. हरेस नखाई असल काम गरे, हरेस नखाई असल काम गरे ।
ठीक समयमा हामी कटनी गर्नेछौ (२), सेवाको फल हामी पाउनेछौं (२)
आऔं जीवन प्रभुमा अर्पण गरी, उनको कार्यमा जीवन बिताऔं (२)
प्रभुमा हात बलियो बनाई, ख्रीष्टको अवाईलाई पर्खिहौ (२)को. कति अचम्मको प्यार, ईश्वर सृजनाहार
स्वर्गको सुखलाई त्यागेर आए पापी बचाउन तयार (२)
१. नर रूप धारण गरेर उनले प्रचारे सुसमाचार (२)
पापीको पापको, दुःखीको दुःखको उठाए उनले भार (२)
आश्चर्यकर्म गरेर उनले देखाए महिमा अपार (२)
यी सबको बदली पाए उनले क्रूसैको गह्रौँ भार (२)
२. अन्तिम घड़ीमा गेतसमनीमा चेलागणसँग गए (२)
निरन्तर प्रार्थना गरेर उनले पसिना बगाए (२)
हुन सके यो कचौरा मदेखि हटाइ देऊ भनी (२)
तरै पनि तपाईंको इच्छा पूर्ण हवस् भने (२)
३. येशू पकड़ाई बरब्बा छुड़ाइयो, कहाँ थियो यो न्याय (२)
वैजनी वस्त्र लगाए उनलाई क्रूसमा चढ़ाउनलाई
लड़्दै गलगथा पुगे रोमीको मार खाई (२)
कष्टित पीड़ित प्रभुले आफ्नो प्राण दिइहाले, हाई (२)को. कति आनन्द छ जीवन संघर्ष र दुःख पछि
कति मीठा छन् ती फल रोपाइ र कटनी पछि
१. हाम्रो जीवन यात्रा नै हो आउँछन् अनेक दुःख बाधा (२)
जीवन हाम्रो पानी जस्तै हुन्छ अनेक ठक्कर यहाँ (२)
संघर्षको जीवन जिउनु नै ख्रीष्टीय जीवन हो (२)
२. दुःख पीड़ा सबलाई भुलो ख्रीष्टको वचन याद गरी (२)
बढ़्दै जाऔँ आउ येशूमा क्रूस बोकी सियोनसम्म (२)
अनि तिमीले विजय पाउनेछौ ख्रीष्ट येशूमा (२)को. कति गाडा ती नाताहरू येशूलाई भेट्नेहरू
हति धन्य ति ब्यक्तिहरू येशूलाई चिन्नेहरू
हे..... हो..... हु.....
हे..... हा..... हु.....
१. अटुट बन्धन मात्र येशूमा आज यहाँ भोलि कहाँ (२)
कति आनन्दित ती ब्यक्तिहरू येशूलाई चिन्नेहरू
कति धन्य ति यक्तिहरू येशूलाई रोज्नेहरू
२. टुटेको हृदय जोडिदिने दुखेको घाउलाई मलम गर्ने (२)
कति हर्षित ती नयनहरू येशूलाई हेर्नेहरू
कति खुशी ती ओठहरू येशूलाई भज्नेहरूको. कति माया गर्छन् मलाई मेरो प्यारा प्रभुले
मेरै मायाको तृष्णामा सधैँ नै तड़्पिदिन्छन्
१. मलाई अनन्त जीवन दिन आफ्नो प्राणसम्म दिए
मैले भोग्नुपर्ने दुःख उनले नै लिइदिए ।
२. मेरो जीवन सहारा बनी डोर्याउनुहोस् गोरेटोमा
म त अन्धो छु, यहाँ तपाईं नै ज्योति मेरो ।
३. संसार टलिगए पनि, मृत्यु नै आए पनि
यो मिलन अनन्तसम्म यो प्रीत अमर नै छ ।कति रमाईलो कति घमाइलो प्रभूको महिमा गर्न भेला भएको ह्रदय खोली प्रभूलाई धन्यवाद दिन्छौं याहाँहरूलाई पनि स्वागत गदछौं टाडा नजिकवाट काहाँ काहाँ वाट प्रभूको योजनाले भेला भएका छौं एकै मन एकै तन भएर हामी गाऊ उनको भजन हाम्रो यो जीवनले नलगेसम्म मृत्यूले प्रभूको चरणमा झुकी रहने छौं हात उचाल्दै तालि वजाउँदै गरौं महिमा आनन्द मनाउँदै
को. कति रमाहटको दिन आयो यो जगतमा
हाँस्दै-खेल्दै गाना गाउँदै प्रभु येशूमा
१. आऊ वृद्ध जन, आऊ सब जवान
स्वरमा स्वर मिलाई गाऊ प्रभुको जय गान (२)
२. हामी सब थियौँ घोर अन्धकारमा
आए प्रभु अवतार लिई उही बेथलेहेममा (२)
३. छोड़ अब भाइ दुष्ट शैतानलाई
उठ, जाग, स्वागत गर नवजात प्रभुलाई (२)को. कति शितल लाग्यो येशू
तपाईंको छहारी (२)
त्यहि शितलतामा बस्न पाएँ
पुग्छ मलाई जिवन भरी (२) कति...
१. दुःखले छोप्दा जीवन
आँसुले भरिन्दा नयन (२)
कति मधुर लाग्यो येशू
तपाईंको आवाज (२)
त्यहि आवाज सधैं, सुन्न पाएँ
बन्छ मेरो जीवन साकार कति...
२. पलभरको खुशी खोसिदा
आफ्नो पनि पराई भैदिंदा (२)
कति न्यानो लाग्यो येशू
तपाईंको अंगालो (२)
त्यही अंगालोमा बाँच्न पाएँ
सुम्पि दिन्छु सधैलाई (२) कति...कति होला मूल्य रगत येशूको ? कति होला मूल्य येशूको प्रेमको ? के चुकाउन सक्छौँ यो मूल्य तिम्रो सुन र चाँदीले तिम्रो विध्या र ज्ञानले ? क्रूसलाई हेर मुटुमा हात राखी सम्झन येशूको प्रेमलाई, सम्झन येशूको कष्टलाई आऊ, सबै जातिकहाँ आऊँ, येशूको नाउँलाई उचालौँ, येशूको प्रेम प्रचारौँ ।
को. कलवरी क्रूसलाई हेरीदेऊ आज
जीवन दिने येशूलाई हेरीदेऊ आज
आनन्दको स्वर्ग छोड़ी आए येशू जगतमा
बचाउनलाई तिमी र मलाई । (२)
१. पापको बन्धन तोड़न आए ख्रीष्ट येशू
दिन आनन्द शान्ति जीवन छोड़ी येशू स्वर्गलाई
तिम्रो पापलाई मेटाउनलाई झुण्डिए येशू क्रूसैमा
२. पापको बोझ बोकी राख्छौं कहाँ तिमी
मनमा सु:ख छैन बिसाउने ठाउँ छैन आज यो संसारमा
भन्छन् येशू मकहाँ आऊ दिनेछु विश्राम तिमीलाईको. कलवरी डाँड़ाको क्रूसैमा येशूले आफ्नो प्राण दिए
तिम्रो र मेरो पाप धुन, चोट सही रगत बगाए (२)
१. नठान उनी केवल मरे, बौरेर फेरि पनि उठे
रोक्न सकेन चिहानले, जित्न सकेन मृत्युले (२)
२. मृत्यु र पापको डर छैन, विश्वास गर येशूमा
स्वर्गको बाटो येशू नै हो, सुम्पिदेऊ जीवन उनैमा (२)को. कलवरी डाँड़ाको त्यो अड्भुत दृष्य थियो भुलेर भुल्न सकिन्न
स्वर्गीय पुत्रले दिएको बलिदान मानवले बुझ्न सकेन
त्यो प्रेम त्यो प्रेम
१. कोराको चोट खाए अपमान सहिदिए
काँडाको मुकुटलाई क्षमादान दिन सक्ने ।
२. किल्लाले ठोकेथे भालाले घोचेचे
रगत बगाएथे (२) त्यो प्रेम ।१. कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिए
कत्रो उदेकको त्यो प्रेम उनको ममा प्रकट गराए,
उनको हृदय छेड़ियो, हातमा कीलाको दाग
पाउ काँटीले जो घोचियो, मेरो तिम्रो यो भाग ।
को. धन्य हो पाठो ईश्वरको स्तुति प्रभुको
येशूको गाउँदै रहनेछु यश सदा, उनको जय होस्
२. बाँच्ने उपाय अरू नदेख्ने म क्रूसमा गएँ
ख्रीष्टले आफ्नो दयाको हातले चङ्गा गराए,
उदेकको बदलाव ममा ल्याए ख्रीष्टले
हृदयको दुःख निकालेर आफ्नो शान्ति दिए ।
३. आऊ हे मित्र ख्रीष्ट प्रभुमा उनले बोलाउँछन्
हृदय अशान्तिले भरेको पापले दबेको जीवन,
पाप क्षमा र शान्ति ख्रीष्ट दिनेछन् उसलाई
अरू कोही दाता छैन प्रभु मसीह सिवाय ।१. कलवरी डाँडाको पुरानो पुस्ताको झलझली हेर्दै म याद गर्छु
संसारको लागि नै थुमा भई ईश्वरको निष्पापी येशू बलि भाको
को. छोड्नेछैन म प्यारो क्रूसलाई छोड्नु परे पनि अरूलाई
संसार यो जब छोडी जान्छु मुकुट महिमाको म लाउँछु ।
२. संसारले त्यागेको र घृणा गरेको कति प्यारो छ मलाई त्यो क्रूस
कारण मुक्ति दिन म पापीलाई जस्तो प्रभु येशू ख्रीष्ट बलि भाको
३. कलवरी डाँडाको कति सुन्दर त्यो क्रूस
पवित्र रगतको दागसरी याद गरौं उच्च दुःख
प्रभुले सहेको गर्न उद्धार सबै पापीको
४. जीवनभरी मेरो विश्वासी रहन्छु, क्रूसको संकष्ट म सहन्छु
शेषमा स्वर्गीय मेरो घरमा जब जान्छु, ख्रीष्ट प्रभुसँग सधैं बस्छुको. कलवरी डाँड़ाको महा दुःख सहनुपर्यो प्रभुले
मजस्तो पापीलाई बचाउन क्रुसैमा प्राण दिए
१. कतिको निन्दा, कतिको थुक, कतिको भनाइ सहेर (२)
त्यो गह्रौँ क्रूस बोकेर गलगथा पुर्याए ।
२. सिपाहीहरू मिलेर येशूलाई क्रूसमा चढ़ाए (२)
उनैका वस्त्र फुकाई चिठ्ठा लगाए ।
३. हातैमा काँटी, पावैमा काँटी ठोके दुश्मनहरूले (२)
कोखामा भाला हानेको सहे प्रभु येशूले ।
४. जब क्रूसमा चढ़ाए, येशूकी माता मरियम (२)
रुँदै-रुँदै आइपुगिन् येशूको छेवैमा ।
५. हे दाज्यू-भाइ, हे दिदी-बहिनी, पश्चात्ताप गरौँ हामीले (२)
दिनेछन् हामीलाई मुक्ति प्रभु येशूले ।को. कलवरी पर यीशु मुआ (२) वहाँ जीवन का सोता निकाला
पापी प्यास तू अपनी बुझा – (२)
१. उसके पंजर में भाला छिदा उसके हाथों में कीले ठुखे
उसने क्या क्या दुःख न सहा । (२) कलवरी... ।
२. उसके लहू से ले तू नहा साफ होंगे तेरे गुनाह
वह सब के लिए है मुआ । (२) कलवरी... ।
३. हे पापीयों तुम भी पीओ, हे धर्मियों तुम भी पीओ
वह सब क लिए है मुआ । (२) कलवरी... ॥कलबरी पहाडले आज डाक्दछ येशूको रगतले शुद्ध पार्दछ (२) १. पापको बोझ लिएर त मृत्यु अङ्गाल्नु छ ख्रीष्टको चोखो प्रेम बोकेर जीवन पाउनु छ (२) जीवनको परिभाषा आज सम्झन बाँच्नको अर्थ धेरै रहेछ भनेर (२) २. पीरको आँशु पिएर त दुख अङ्गाल्नु छ ख्रीष्टको र्दद व्यथा मरिनै मुक्तिको सन्देश छ (२) जीवनको परिभाषा आज सम्झन बाँच्नको अर्थ धेरै रहेछ भनेर (२)
को. कलवरीको डाँडामा श्रापित क्रूसलाई सङ्गायौ
आदम देखिको पापलाई तिमीले क्रूसमा टङ्गायौ । (२)
१. अनमोल रगत र मृत्युद्वारा, व्यवस्था तिमीले पूरा गर्यौ,
हामी पापीलाई आज तिमीले, प्रशस्त अनुग्रहमा भर्यौ (२)
२. आशै थिएन अन्योलमा थियौं, थुप्रै दिनहरू व्यर्थमा जियौं,
बगायौ तिमीले रगतको धारा, हामी पापीलाई दिन छुटकारा (२)को. कलवरीको पहाड़ले आज डाक्दछ (२)
येशूको रगतले शुद्ध पार्दछ (२)
१. पापको बोझ लिएर त मृत्यु अँगाल्नु छ
ख्रीष्टको चोखो प्रेम बोकेर जीवन पाउनु छ
जीवनको परिभाषा आज सम्झन बाँच्नको अर्थ धेरै रहेछ भनेर ।
२. पिरको आँशु पिएर त दु:ख अँगाल्नु छ
ख्रीष्टको दर्द व्याथा भरिनै मुक्तिको सन्देश छ
जीवनको परिभाषा आज सम्झन बाँच्नको अर्थ धेरै रहेछ भनेर ।को. (कलवरीको श्रापित क्रूसमा ख्रीष्टले जीवन अर्पिदिए) (२)
सबै पापबाट बचाउन (रगतको मूल्य चुकाए) (२)
१. (हात, पाउ र शरिर ख्रीष्टको चोटै चोट थियो
काँडे मुकुट शिरमा लाउँदा महिमित रगत वग्यो) (२)
(क्रूसमा ख्रीष्टलाई टाँग्नेहरू आनन्दले रमाए) (२)
(ख्रीष्टलाई माया गर्नेहरू छातो पिटी रोए) (२)
२. (भोक तिर्खा अनिदो सहेर रातभरीको
थुकाइ पिटाइ कोर्राहरू पाए दुष्टहरूको) (२)
(कडा घाम प्यास लाग्दा तितो पित्त पिलाए) (२)
(पितासँग क्षमा मागि हाम्रो पाप सवै मेटाए) (२)१. कसका सामू गोठमा घुँड़ा टेक्छन् गोठाला ?
को. प्रभु हो उदेकको कुरा, प्रभु हो वैभवका राजा
घुँड़ा टेक्दै हामी आऔँ, प्रभु ख्रीष्टमा मुकुट लाऔँ
२. खुशी भई घरैमा आफ्नो हातले काम गर्दा ।
३. सारो भोको जंगलमा शैतानसँग युद्ध गर्दा ।
४. आफ्नो मीतको चिहानमा उभी दुःखले रुँदा ।
५. संकट भई बारीमा आधा रात प्रार्थना गर्दा ।
६. पापको क्रूसमा टाँगिदा, शत्रुलाई आशिष् दिँदा ।
७. आफ्नो निज चिहान छोड़्दा, यस संसारको त्राण गर्दा ।
८. स्वर्गको सिंहासनमा बसीकन राज्य गर्दा ।कसको खबरमा विश्वास गर्ने विश्वास गर्ने प्रभुको खबरमा उहाँको खबरमा चङ्गाई छ उहाँको खबरमा भरिपुर्ण छ उहाँको खबरमा स्वतन्त्र छ उहाँको खबरमा विजय छ
को. कसरी चढ़्यो, कसरी मर्यो कलवरी क्रूसैमा (२)
१. पिताको प्रेमलाई प्रमाण गर्न स्वर्गलोक छोड़्नुभो’
हामी पापीलाई बचाउन भनी जीवन दिनुभो’ ।
२. क्रूसमा चढ़ी रगत बहाई पाप नष्ट गर्नुभो’
पाप र श्राप नष्ट गरेर मुक्तिलाई ल्याउनुभो’ ।
३. धन्य होस् तिम्रो, हे मुक्तिदाता र गुणानुवाद होस्
जयजयकार तिम्रो, प्रशंसा तिम्रो, अनन्त होइरहोस् ।कसरी चुकाऊँ यो ऋण तपाईंलाई कसरी भुलूँ यो प्रेम तपाईंको हृदय फुटेर आउँछ... जब सम्झन्छु गलगथालाई, यो जीवन दिएर पनि हुन्न अब के गरूँ म ?, यो जीवनमा मर्छु प्रतिदिन महिमा होस्, सदा-सदालाई ।
१. कसले बनाए फुलहरूलाई, फुलहरूलाई, फुलहरूलाई ?
कसले बनाए फुलहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
२. कसले बनाए माछाहरूलाई, माछाहरूलाई, माछाहरूलाई ?
कसले बनाए माछाहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
३. कसले बनाए चराहरूलाई, चराहरूलाई, चराहरूलाई ?
कसले बनाए चराहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
४. कसले बनाए ताराहरूलाई, ताराहरूलाई, ताराहरूलाई ?
कसले बनाए ताराहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
५. कसले बनाए तिमीलाई-मलाई, तिमीलाई-मलाई ?
कसले बनाए तिमीलाई-मलाई ? ईश्वर जो स्वर्गमा छन् ।को. कसै कसैको रीति भए भैं एक ठाउँमा भेला हुन हामी नछाडौ
एक-अर्कालाई उत्साह दिँदै रहौं जति त्यो दिन नजिक आएको देख्छौं (२)
१. विश्वास गरेको दिन देखि प्रिय पूरा उद्धार हाम्रो अति नजिक छ
पापको रात धेरै न बिति सकेको छ, अब दिन निस्कन लागेको छ ।
२. पापको मध्य रात आज संसारमा छाएको देखिन्छ जागृत आत्मामा हेर
दुलहालाई भेट्न हामी तयार होऊँ आ-आफ्नो दियोलाई आफै छाँटौं ।कसैले छोयो मलाई (२) जब रोइरहेको थिए , येशूले छोयो मलाई (२) कसैले छोयो मलाई (२) १. म त अन्धकारम म त दु:खहरूमा (२) जब रोइरहेको थिए , येशूले छोयो मलाई (२) कसैले बोलायो मलाई (२) २. मेरो चोटै चोटमा, मेरो एक्लो पनमा (२) जब प्रार्थना गरिरहेथे येशूले बोलायो मलाई (२) कसैले छोतो मलाई (२)
कसैले छोयो मलाई (४) जब म प्रार्थना गरीरहेथे कसैले छोयो मलाई येशूले छोयो मलाई (४) जब म प्राथर्ना गरिहरेथे येशूले छोयो मलाई कसैले देरव्यो मलाई (४) जब म प्रार्थना गरीरहेथे कसैले देरव्यो मलाई येशूले देरव्यो मलाई (४) जब म प्राथर्ना गरिहरेथे येशूले देरव्यो मलाई
कस्को खबरमा विश्वास गर्ने ? विश्वास गर्ने प्रभुको खबरमा (३) उहाँको खबरमा चंगाइ छु उहाँको खबरमा भरिएको छु उहाँको खबरमा स्वतन्त्र छु उहाँको खबरमा विजय छु
को. कस्तो अनमोल बलिदान दियौ मानव जातिलाई (२)
(चाहन्छु म प्रभु तिमीलाई नै) (२)
१. नयाँ आशा नयाँ उमंग नयाँ किरण, पाएँ मैले (२)
येशू तिम्रो हात समाई, नयाँ जीवन पाए मैले
(अब छाड़्नेछैन तिम्रो हात अब त्याग्नेछैन तिम्रोसाथ) (२)
२. मेरो दुःखमा दुःखी बनी दुःख सबै उठाउनुभो’ (२)
मेरो निम्ति बोषी बनी दोषबाट छुटाउनुभो’
(अब छाड़्नेछैन तिम्रो हात अब त्याग्नेछैन तिम्रोसाथ) (२)कस्तो अनौठो रहेछ प्रभु तिम्रो त्यो प्रेम पापको त्यो दहदेखी निकाल्नुभो मलाई यसैले धन्यवाद प्रभु तिमीलाई मेरो यो हृदयदेखी (२) १. मेरै लागी प्रभु क्रुसमा बलि हुनुभो मेरै लागी चोटहरु सहि कुरुप बन्नुभो (२) कस्तो सहनशीलता प्रभु तिमीमा सहिदियौ ति सबै व्यथा मेरो निम्ति (२) २. आउ मुक्ति पाउन क्रुसको छहारीमा सित्तैको यो वरदान हो तिमी र मलाई (२) साटी हालौं हाम्रो प्रित प्रभुसँग जो सदा अमर हुन्छ तिम्रो मेरो लागि (२)
कस्तो प्रेम गर्यौ प्रभु म जस्तो पापीलाई (२) वर्णन कसरी गरौं कलवरीको त्यो अनमोल प्रेमको (२) १. शीरमा मुकुट काँढाको पहिरी हत्केलामा काँटी ठोकी शीरमा मुकुट हे... काँढाको पहिरी शीरमा मुकुट काँढाको पहिरी हत्केलामा काँटी ठोकी मर्नुभो प्रभु आज केवल तिम्रो र मेरो लागी (२) कस्तो प्रेम गर्यौ... २. कोखामा भाला शरीरमा चोट ख्रुसभरी रगत बगाए कोखामा भाला हे... शरीरमा चोट कोखामा भाला शरीरमा चोट कोखामा भाला शरीरमा चोट क्रुसभरी रगत बगाए कसरी र्बिसुँ म मेरो प्रभुको त्यो बलिदान कस्तो प्रेम गर्यौ...
को. कस्तो बदलाउ ममा (३) जब येशूकहाँ गएँ १. सधैँ खाने थोक, मैले खान छोड़ेँ (३), जब येशूकहाँ गएँ । २. सधैँ पिउने थोक, मैले पिउन छोड़ेँ (३), जब येशूकहाँ गएँ । ३. सधैँ जाने ठाउँ, म जान छोड़ेँ (३), जब येशूकहाँ गएँ ।
१. कस्तो बलियो जग, हेर पवित्र जन तिम्रो विश्वासको जग, ख्रीष्टको श्रेष्ठ वचन पर्याप्त छ उनको वचन तिमीलाई, जो येशूकहाँ शरण पाउनलाई । २. “नडरा म छु नजीक, नहो निराश, म हुँ तेरा परमेश्वर, गर्छु गुहार मेरो धार्मिकताको दायाँ हातले तँ खडा हुनेछस् मेरो सामर्थ्यले” । ३. “आगोको परीक्षा भएर जाँदा, मेरो अनुग्रह प्रशस्त हुन्छ सदा ज्वालाले तँलाई पोल्नेछैन कतै, कसरलाई फालेर खारिन्छस् सुन जस्तै” । ४. “त्यो प्राण जो शरण लिन्छ ख्रीष्ट येशूमा छोड्दिन कदापि शत्रुको हातमा त्यो प्राणलाई शैतानले खोजे नाश गर्न म कदापि, कदापि त्यो त्याम्नेछैन” ।
कस्तो हो सम्बन्ध यो कहिले नतोडिने कति मीठो सम्झना कहिले नबिर्सने येशू तिम्रो मायाको (२) १. ज्योति बनि डोर्यायौ अँध्यारो मेरो जीवनमा पापको सागर तारि मलाई ल्यायौ अनन्त किनारमा हात समाई मलाई बोलायौ आफ्नै अङ्गालोमा बाँध्यौ कति गहिरो यो नाता कहिले नछुटने कति मीठो चाहना कहिले नमेटिने येशू तिम्रो मायाको (२) २. पाईन मैले तिम्रो जस्तो साँचो माया संसारमा मेरो निम्ति कति ठूलो त्याग तिम्रो आफैलाई चढायौ क्रुसमा मैले पाएँ नयाँ आशा नयाँ जीवन येशूमा (२)
को. कहाँ जाँदैछौ तिमी, फर्केर आऊ प्रभुमा
छैन अब ता समय, बियाँलो नगरी प्रभु येशूलाई विश्वास गर (२)
१. गइरहेछौ तिमी कहाँ, थाहा छ के तिमीलाई ?
पुग्छौ कहाँ तिमी, कुन बाटोमा जाँदैछौ ?
येशूमा आऊ अहिले नै, पर्खिरहनेछन् तिमीलाई ।
२. बाँचेको छ के आत्मा, विचार गरेका छौ के ?
यसकारण आऊ चाँड़ै नै, आत्माको फिक्री गरी
पर्खिरहेछन् येशू आत्मा बचाउन तिम्रो ।
३. नगरी ढिलो अब, समय हुँदै चाँड़ै आऊ
उनले स्वर्ग लान चाहन्छन्, विश्वास गर्यौ भने मात्र
पर्खिरहनेछन् येशू, अबेर नगरी आऊ ।को. कहाँसम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर (२)
दुइ बाटो बनिएको छ (२)
एउटा बाटो फराकिलो छ, बालामसम्म पुग्ने
अर्को बाटो यस्तो पनि छ, ख्रीष्ट येशूसम्म पुग्ने
कहाँ जाने हो कता जाने हो निर्णय गर (२)
१. मृत्युको डरले आजीवन भरी दासत्वमा फँसेकाहरूलाई
डाँड़ाकाँड़ा देउराली भन्ज्याङ्ग वर पिपलमा अल्झेकाहरूलाई
(आकाश छिचोलेर जाने येशूले) (२), छुटकारा तिमीलाई दिनेछ ।
२. विरहमा जल्ने मानवलाई हरपल सताउने गर्दछ
धरतीलोकमा बिन्ती सुन्ने एक उद्धारकर्ता छ
(बैकुण्ठधाम उनको राज्य छ) (२), येशूमा मात्र प्रवेश छ ।को. कहिले मिलन कहिले विछोड
कहिले हाँसा कहिले रोदन, यस्तै नै छ यो क्रुसको जीवन (२)
१. शरीरमा रोदन भएपनि स्वर्गीय पिताको देशमा
रोदन विछोड हुँदैन, आँखाभरिको आँशु उहाँले आफ्नै हातले
पुछिदिने छन् संसारमा भएको दुःखहरू
आनन्दको कारणले विर्सिने छौँ (२)
२. निराशा आउछन् जीवनमा
जीवन नै बेहोसी हुन्छ, निरासाको कारणले
व्यर्थैमा मैले हात हालेछु, भन्ने प्रश्न उब्जन्छ
तर यी सब हुनु न आफ्नो निम्ति विकासको बाटो रहेछको. कहिल्यै नछोड़्ने, कहिल्यै नत्याग्ने, तिम्रो करार अटुट छ (२)
१. निस्सार एक परदेशी भई (२), लक्षहीन गोरेटोमा गइरहेथे (२)
ज्योतिर्मय प्रभु, सहारा दियौ, स्वर्गीय पथमा फर्काइ ल्यायौ (२)
२. घना जंगलको अन्धकारमा (२), आशा थिएन बाँच्ने मेरा (२),
मधुर आवाजले बोलायौ मलाई, सनातन प्रेमले अँगाल्यौ मलाई (२)
३. पीड़ा र क्लेशले पीड़ित हुँदा (२), निराश भई अन्योलमा थिएँ (२)
तर तिम्रो मधुर आवाजले, सदैव शान्तिले मलाई भर्यौ (२)
४. यसर्थ तिम्रो प्रशंसा गर्छु (२), हर पल मेरो साथ रह्यौ (२)
आँखाको रानीझैँ जोगाइराख्यौ, इस्राएलीलाईझैँ रक्षा गर्यौ (२)को. काँडे मुकुट गिल्ला र क्रूस तपाईंले रोज्नु भयो
बचाउन म पापीलाई, पिताकै इच्छा स्वीकार गरी
दण्ड भोग्नुभयो बचाउन म पापीलाई (२)
१. मूल्यहीन मेरो जीवनलाई बहुमूल्य बनाउनलाई
मजस्तो अघोर अपराधीलाई दण्डबाट बचाउनलाई
मेरा पापहरू स्वीकार गरी दण्ड भोग्नुभयो (धन्यवाद तपाईंलाई) (२)
२. समर्पण गर्छु अब यो जीवन तपाईंकै मनझैं हुनसकोस्
तपाईंको निम्ति सङ्घर्ष गर्दै दिन वा दिन यो मन रमाओस्
अनुग्रहलाई स्वीकार गरी हिँड्न चाहन्छु प्रभु (सामर्थ्य दिनुस् अब) (२)कामको पूरो फल कामको पूरो फल ल्याउनेछौं रमाउँदै कामको पूरो फल (२) १. बिहान समय रोप्छौ दयारुपी बीउलाई दिउँसो पनि रोप्छौं साँझ नपरुञ्जेल धिरजले काम गर्छौं फलको आशा राखी ल्याउनेछौं रमाउँदै कामको पूरो फल २. दुःख सही रोप्छा, सुख भोगी रोप्छौ झरीमा जाडोमा रहन्छौ अटल काट्ने बेला हामी पाकेको फल पाउछौं ल्याउनेछौं रमाउँदै कामको पूरो फल ३. प्रभु ख्रीष्टको लागी रुदै पनि रोपौं हानिलाई देखेर नबनौं चञ्जल दुखको अन्त हुन्छ ईनाम पनि आउँछ ल्याउनेछौं रमाउँदै कामको पूरो फल
को. कितना मधुर समय है (२) जब मेरा यीशु मुझको
चरणों में है बिठाता मुझको खाली करके
आत्मा से भरता जाता । (२) ...
१. मुझको हरी हरी घास में चराता जीवन जल भी पिलाता (२)
मुझको है बचाता जीवन में सुख वह लाता । (२)
२. चाहे मैं घोर अन्धकार से चलूँ, पानी से भी नडरूँ (२)
तेरी सोठी और लोठी से मन मेरा शान्ति है पाता (२)कितना महान परमेश्वर (३) उसकी सेवा करते हे हम आओ तालीया बजाए हम (३) प्रभु की स्तुति करे हम आओ झुमे नाचे गाए हम (३) प्रभु की स्तुति करे हम अपने हाथो को उठाए हम (३) प्रभु की स्तुति करे हम ।
१. किद्रोन खोलापारि एक साँझ हाम्रो प्रभु ख्रीष्टले दुःखित हुँदै यो बिन्ती गरे (२) त्यस बारीमा आफ्नो लागि सम्भावना भए यो प्याला मदेखि तर्काईदिनुहोस्, तैपनि इच्छा तपईंको । २. सबैले ख्रीष्टलाई छाड़े पकड़ाइँदा उनी, सामना गरी निष्ठुरी मामला (२) अदालतमा उनी एकलै, आखिरमा येशूलाई वहाँ दण्ड-आज्ञा दिए सबैले, बरब्बा मुक्त गराइयो । ३. प्रभु क्रूसमा टाँगिए चोर र डाकूको सँग पापको बोझ र दुःख सहँदै (२), गलगथामा रक्त बहाए तब उनले भने, अब समाप्त भयो मेरो काम, हे पिता, लिनोस् मेरो प्राण । ४. जीवन ख्रीष्टले दिनलाई गरे मृत्यु सामना थाहा छ को तिमीलाई सो कुरा (२), जो कलवरीमा तिम्रो लागि पर्खन्छन् आज ख्रीष्ट भन्दै तिमीलाई मधुर स्वरैमा आउन पाउनेछौ जीवनमा ।
को. किनभने ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो’
एउटै नभनी हामीलाई उनको आफ्नो पुत्र पनि दिइहाल्नु भो’
उनैमाथि विश्वास गर्ने कोही नष्ट हुन पाउँदैनन्
तर अनन्त जीवन पाई प्रभुको साथमा सदा बस्नेछन्
१. स्वर्गको मुनि अरू कुनै नाउँमा उद्धार छैन भाइ (२)
सत्य हो झुण्डिएको ईश्वर तिम्रो लागि ।
२. यही सुसमाचार सुनाइदेऊ सारा संसारमा आज (२)
मानिसको रूप लिएर आउनुभो’ येशू मुक्तिदाता ।को. किसकी खबर पर विश्वास करोगे
विश्वास करोगे प्रभु की खबर पर (४)
१. वह खबर कहती है मैं चंगा हुँ
वह खबर कहती है मैं भरा हुँ
वह खबर कहती है मैं आजाद हुँ
वह खबर कहती है मैं जय ही जय ॥कुईरोले ढाक्यो तिम्रो जीवनलाई घाम पनि लागेन वचन त धेरै सुनी सक्यौ हो... हो... परिवर्तन भएन १. धुएको लुगा चम्किलो हुन्छ मैला त हुँदैन (२) सङ्गति धेरै हिँडिसक्यौ हो... हो... परिवर्तन भएन २. बगेको खोला बगेर गयो फर्कन्न भनेर (२) प्रभु त धेरै रुनु भयो हो... हो... फर्कन्छु भनेर ३. बिहान उठी ऐना त हेर्छौ शरीरको लागी हो (२) विश्वासको क्षेत्रमा हिँडेनौ भने हो... हो... स्वर्गमा पुग्दैनौ
को. (कुछ भि तो नहि है मसिह, तेरे बिना ये ज़िन्दगी) (२)
जो भि हू मै तो अभि, तेरे कृपा से हु मसिह
कुछ भि तो नहि .......
१. (आदिमै बचन था वो बचन तुझ मे हि था
वो बचन तु हि था वो बचन देहधार हुवा) (२)
जिना चाहाता हु तेरे लिए, हर घडि हर पल मसिह
२. (प्यार और जिवन दिया, अनुग्रह और आशा दिया
पापसे छुट्कारा दिय, ईत्ना ऊसने प्यार किया) (२)
जिना चाहाता हु तेरे लिए हर घडि हर पल मसिह
३. (कुछ भि तो नहि है मसिह, तेरे बिना ये ज़िन्दगी) (२)
जो भि हू मै तो अभि, तेरे कृपा से हु मसिह
को. कुन बाटो हिड़्दैछौ हिड़ेकी किन (२)
येशू नै तयार छन् मुक्तिदान दिन (२)
१. जीवन हाम्रो दुइ दिनको घाम छाया मात्रै हो (२)
येशूमा नै जीवन छ मानिस जातिको
येशू आए संसारमा स्वर्ग छोडेर
(नाश नहोस् कोही पनि बाँचोस् भनेर) (२)
२. नबिताउ जीवन हाम्रो व्यर्थै व्यर्थैमा (२)
मुक्ति लेऊ सित्तै प्रभु येशूमा
बितिजान्छ समय फर्की आउदैन
(विश्वास गरे आत्मा हाम्रो मर्न पाउँदैन) (२)१. कुनै एक दिन पृथ्वी पापसागर हुँदा,
कुनै एक दिन स्वर्ग-धनी येशू
स्वर्गलोकबाट आई कन्याबाट जन्मिँदा मानव रूप लिए,
उदाहरण मेरो ।
को. प्रेम गरी आए, मर्दा बचाए,
गाड़िँदा पाप मेरो हटाइदिए
ब्युँती उनले मलाई निर्दोष ठहराए,
आउनेछन् येशू हो खुशीको दिन
२. कुनै एक दिन उनलाई कलवरी लगे,
कुनै एक दिन क्रूसमा टाँगे येशू
गिल्ला संकष्ट र हेला खाएर बोके सब पाप,
मुक्तिदाता मेरो ।
३. कुनै एक दिन उनलाई चिहानमा राखे,
कुनै एक दिन उनलाई आराम मिल्यो
स्वर्गदूत आएर पहरा गरे,
निराशामा आशा उद्धारक मेरो ।
४. कुनै एक दिन मरणबाट जिइउठे,
कुनै एक दिन चिहानको ढुङ्गा पल्ट्यो
येशू ब्युँते मृत्युमाथि, जयवन्त स्वर्ग फर्के,
महाप्रभु मेरो ।
५. कुनै एक दिन तुरही शब्द सुनिन्छ,
कुनै एक दिन फर्की आउँछन् येशू
जयजयकार उनको आकाशमा गुञ्जिन्छ,
त्राता येशू महाराजा मेरो ।१. कुनै कुराको फिक्री नगर, हरेकमा प्रार्थना गर
बिन्तीद्वारा मागहरू जाहेर गर, प्रभुलाई धन्य भन ।
को. सारा हृदयले विश्वास गर,
आफ्नै समझमा भर नपर
सबै कुरामा प्रभु सम्झ,
प्रभुले तिमीलाई डोर्याउनेछन् ।
२. अनेकौं परिक्षाहरूमा पर्दा, यसलाई पूरा आनन्द सम्झ
यो जानेर तिम्रो विश्वासको जाचले, धैर्य उत्पन्न गर्छ ।
३. “नडराऊ, म तिम्रो साथैमा छु, तिमीलाई मद्दत गर्छु
म हुँ तिम्रो परमेश्वर निराश नहोऊ, धर्मिकतामा सम्हाल्नेछु ।”को. कुहु-कुहु गर्ने, वनमा उड़्ने कोइली चरी छन्
खुलुलुलु गदै खोला बग्ने तपाईंका सृष्टि हुन्
हे ईश्वर, तपाईंका सृष्टि हुन्
१. (जकजक गर्ने बत्तीझैँ बल्ने आकाशमा तारा छन्) (२)
(जूनको किरण कति हो नरम) (२) तपाईंका सृष्टि हुन्,
हे ईश्वर, तपाईंका सृष्टि हुन्,
मृगका पाठा के राम्रा गरी वनमा उफ्रेका,
पशु र पक्षी के राम्रा गरी तपाईंले रचेका, हे ईश्वर, तपाईंले रचेका ।
२. (वनमा जान्छु, फल-फूल हेर्छु तपाईंलाई सम्झन्छु) (२)
(तपाईंको रचना सम्झेर मनमा) (२) म छक्क पर्दछु, हे ईश्वर, म छक्क पर्दछु,
न्याउली चरी बिलौना गाई वनमा उडेका
पशु र पक्षी के राम्रो गरी तपाईंले रचेका, हे ईश्वर, तपाईंले रचेका ।
३. (अब्राहाम, इसहाक, याकूबका ईश्वर, दाता जीवनका) (२)
(पापीका निम्ति अति प्रेम गरी) (२) पुत्र दिए बलिदान,
हे ईश्वर, तपाईं तारणहार
पापी हृदय छट्पट गरी खोज्छ मुक्ति उपाय
मुक्तिको बाटो स्वर्गका वैभव तपाईंले रचेका, हे ईश्वर, तपाईंले रचेका ।को. कृतज्ञ भई, शिर झुकाई जीवन चढ़ाउन आएकोछु,
अमूल्य भेट अरू के छ र ? (जीवन मेरै अर्पेको छु) (२)
१. टाढ़ो जाँदा प्रेमलाई भुली, घायल हुन्छ मन प्रभुको (२)
(हुन्छु नजीक) (२) (तिम्रो नै सक्तिनँ म जान टाड़ो) (२)
२. मनलाई खिँच्ने वैभव जगतका, विलास बन्लान बाधक मेरा (२)
ख्रीष्टको अद्भूत प्रेमैको निम्ति त्यागछु यिनलाई मनैबाट (२)
३. प्रेम छ अगाध प्रभु तिम्रो नै, बयान गर्ने शक्ति छैन (२)
अनन्तकाल सेवा नै गरूँ, यस प्रेमबाट उऋण म हुन्नँ (२)
४. जगको निम्ति जिउँदिनँ, प्रभु, न ता जिउँछु आफ्नै निम्ति (२)
सक्तिनँ म अर्पण नगरी छोटो जीवन तिम्रो नै निम्ति (२)
५. दुःखित छु म समयको निम्ति बितेथ्यो जो सहँदा पापमा (२)
बाँकी जीवन कृतज्ञतामा अर्पित होस् प्रभुकै सेवामा (२)के छ र मैले लानु नै त्यहाँ सब छोडी जानु छ सुन र चाँदी हिरा मोती (न त्यो नै लानु छ) (२) १. कर्कलाको पानी जस्तो जीवन पाएँ मैले बोलाई दिँदा माथिबाट जानुपर्छ अहिले (२) किन गर्नु झैं-झगडा के को रिस राग (२) जानु छ है आखिरमा (२) किन धक्कु धाक (२) २. सृष्टिकर्ता परमेश्वरलाई पुकारे थें मैले पीडा व्यथा वेदनाले ग्रसिर भएँ जहिले (२) मेरो जीवन बग्दै थियो निस्सार भङ्गालोमा (२) तानेर ख्रीष्टले सहारा बनी (२) हाले अङ्गालोमा (२)
१. के तिमीलाई यसको नाम थाहा छ ? हो, मलाई यसको नाम थाहा छ ।
यो एक सुन्दर गीटार हो, यो बज्नसक्छ रिङ्टिङ्टिङ् ।
उनको आवाज सुन्छौ भने, येशूले हामीलाई प्रेम गर्छन् ।
यो बज्नसक्छ (रिङ्टिङ्टिङ्) (२)
२. के तिमीलाई यसको नाम थाहा छ ? हो, मलाई यसको नाम थाहा छ ।
यो एक सुन्दर पियानो हो, यो बज्नसक्छ सा-रे-ग-म ।
उनको आवाज सुन्छौ भने, येशूले हामीलाई प्रेम गर्छन् ।
यो बज्नसक्छ (सा-रे-ग-म) (२)
३. के तिमीलाई यसको नाम थाहा छ ? हो, मलाई यसको नाम थाहा छ ।
यो एक सुन्दर ड्रम-सेट हो, यो बज्नसक्छ डुम्-डुम्-डिस् ।
उनको आवाज सुन्छौ भने, येशूले हामीलाई प्रेम गर्छन् ।
यो बज्नसक्छ (डुम्-डुम्-डिस्) (२)
४. के तिमीलाई यसको नाम थाहा छ ? हो, मलाई यसको नाम थाहा छ ।
यो एक सुन्दर मादल हो, यो बज्नसक्छ धिन-ताङ्ग-ताङ्ग ।
उनको आवाज सुन्छौ भने, येशूले हामीलाई प्रेम गर्छन् ।
यो बज्नसक्छ (धिन-ताङ्ग-ताङ्ग) (२)के थाह तिमीलाई जिन्दगी के हो छैन छैन छैन भरोसा भोली के हुने हो (२) १. लाग्छ होला तिमीलाई यो जिन्दगी यसै उसै बिती गए हुन्छ (२) नसोंच है सजिलो छ अजम्वरी जीवन पाउन न्याय पनि साखिएको छ (२) के थाह तिमीलाई... २. आज नै हो तिम्रो लागी यो मौका शुरु गर्ने जीवनको यात्रा (२) पापको क्षमा पाउन अनन्तको आनन्द पाउन विश्वास गर प्रभु येशूलाई (२) के थाह तिमीलाई...
१. के म जाऊँ रित्तै हात लिई, यसै भेटूँ प्रभुलाई ?
के म एकै दिनको कामलाई दिन नसकूँ उनलाई ?
को. के म जाउँ रित्तै हात लिई, यसै भेटूँ प्रभुलाई
किन येशूकहाँ नल्याऊँ एउटै पनि साथीलाई ?
२. डरै छैन मृत्युदेखि ख्रीष्ट बचाउने छन् मलाई
तर उनकहाँ रित्तै जाँदा रुनेछ मेरो हृदय ।
३. त्यो समय जो पापमा काटेँ, त्यो फर्किन सके ता
प्रभुलाई त्यो दिने थिएँ हिँड़्दै उनको इच्छामा ।
४. ख्रीष्टीय जन हो, जाग, उठ, बेला हुँदा बल लगाऊ
आफ्नो मृत्युभन्दा अघि सकभर धेरै प्राण बचाऊ ।को. के होला यो जीवन भनेको,
आँसु हो कि हाँसो हो यो
धर्म-कर्मको पुरानो रिवाज हो कि
(स्वर्गको नौलो आवाज हो) (२)
१. शान्ति विश्वमा हराइरहेछ,
आफ्नो शत्रु मान्छे आफै नै बनेछ
आतङ्क, अन्यायको डढ़ेलो सल्केछ
(हाम्रो निर्लज्जता यो सडकमा सल्केछ) (२)
येशूको आवाजलाई एक पल्ट सुनिहेर शन्ति
विश्राम दिने वचन एकपल्ट बुझिहेर ।
२. मान्छे आफैले आफ्नो आत्मालाई कति
दाम तिरी बचाउन सक्छ र ?
पूजा र भक्ति, आफ्नै प्रयत्नले मैलो
पाप हाम्रो बगाउन सक्छ र ? (२)
येशूको कष्ट र वेदना एकपल्ट बुझिहेर,
स्वर्गमा कोरेका योजना
कलवरी डाँडालाई हेर के होला यो ?१. केले धुन्छ मेरो पाप ? केवल येशूको रगतले
हुन्छु निको कसरी ? केवल येशूको रगतले
को. अमूल्य धारा यो हुन्छु, हिउँ जस्तो सेतो
छैन कुनै मूल यस्तो, केवल येशूको सगतले ।
२. क्षमा पाइने सख्छु म, केवल येशूको रगतमा
शुद्ध हुन सक्छु म, केवल येशूको रगतले ।
३. पापलाई ढाक्न सकिन्छ, केवल येशूको रगतले
असल कामले सक्दैन, केवल येशूको रगतले ।
४. मेरो आशा र शान्ति, केवल येशूको रगतमा
मेरो पूर्ण धार्मिकता, केवल येशूको रगतमा ।केही कुरामा चिन्तित नहोओ, सबै कुरामा धन्यवादसाथ प्रार्थना गर । परमेश्वको शान्तिले तिम्रो हृदय र तिम्रो विचारलाई येशूमा रक्षा गर्नेछ ।
को. कैसा बदला मुझे (३) जब यीशु के पास मैं गया ।
१. गन्दी चीजों को मैने देखना छोड़ा
गन्दी बातों को मैने पढ़ना छोड़ा... ।
गन्दी बातों को मैने सुनना छोड़ा
जब यीशु के पास मैं गया... ।
२. गन्दे शब्दों को मैने बोलना छोड़ा
गन्दी चीजों को मैने खाना छोड़ा... ।
गन्दी चीजों को मैने पीना छोड़ा
जब यीशु के पास मैं गया... ।१. को छ ईश्वरपट्टि राजालाई मान्ने, कसले गुहार गर्ने र प्राण बचाउने कसले संसार त्यागी शत्रुलाई जित्ने, को छ ईश्वरपट्टि र अघि बढ़्ने प्रभुको कृपाले, अँ अनुग्रहले, हामी ईश्वरपट्टि हमी उनका हौँ । २. ख्रीष्ट प्रभुले किने न सुन, चाँदीले, तर आफ्नो रगतले मुकुटको लागि भरपूर आशिष् दिनु सबै आउनेलाई, हामीलाई खुश गराई स्वतन्त्र बनाई प्राण अफ्नो दिई किने, अँ अनुग्रहले, हामी ईश्वरपट्टि हामी उनका हौँ । ३. लड़ाइँ ठूलो होला, शत्रु बलवान् छ, राजाको लस्करलाई कसले जित्ने छ उनको झण्डीमुनि विज्य निश्चय छ, उनको वचन सत्य जयवन्त हुनलाई आऔँ उनमा रमाउँदै, अँ अनुग्रहले, हामी ईश्वरपट्टि हामी उनका हौँ । ४. छानियौँ सिपाही शत्रुको देशमा, गनियौँ, विश्वासी कप्तानको झुण्डमा प्रभुको काम गर्न हामी नडराऔँ, हामी भक्त, उदार सत्य, वीर बनौँ प्रभु छन् बचाउने, अँ अनुग्रहले, सधैँ ईश्वरपट्टि हामी उनका हौँ ।
को. को हो छिमेकी (२),
किस्सा येशूको दोहोर्याउँछु नि
१. बाटोमा जाने बेपारीलाई चोरहरूले भेटे
कुटिपिटी बेहोस् पारी धन सम्पत्ति लुटे
आफ्नै रगतमा लट्पटिएका बेपारीलाई देखी
पुरोहित र धर्म-गुरु हिँड़े बाटो तर्की ।
२. सानो जातको सामरीले बेपारीलाई देखे
चोट-पटक धोएर घाउहरू बाँधे ।
रोगीलाई उठाएर पशुमाथि राखे ।
चोर-डाँकुको ख्याल नमानी आफ्नो बाटो लागे ।
३. सामरी र रोगी व्यक्ति जसै पाटी पुगे
पाटीदारको हातमा तिनलाई जिम्मा लाए
केही खर्च दिएर बेपारीलाई भने
फर्की आउँदा तिरौँला म खर्च अरू लागे ।को. कोइली चरने पाखामा ख्रीष्टको गीत गुन्जेछ
स्याल रूने डाँड़ामा हाम्रो पाइला पुगेछ (२)
१. घाम छायाँ के हो (२) ख्रीष्टको निम्ति बढ्नु छ
झरी बादल के हो (२) ख्रीष्टको निम्ति लड्नु छ
आँशु हाम्रो छछ्लकिन्छ उसको रूखो उत्तरमा
जति जे भो भुली दिन्छौं ख्रीष्टमा अमर प्यारामा
२. भोका प्यासा के हो (२) झर्नाले नै मेटाउँछौ
अंग हाम्रा थाकी सक्यो (२) पाइला अघि बढ़ाउँछौ
निराशाको बादल आई ढाक्न चाहे कति कति
रात जति बिते पनि हताश हामी बन्दैनौं१. कोक्रो उनको छैन, डुँड़ नै ओछ्यान भो’,
सानो प्रभु येशू गोठमा पस्रिए
स्वर्गदेखि ताराहरू उनलाई हेर्दै गए, सानो प्रभु येशू परालमा सुते ।
२. गाई-गोरू कराए, बालक बिऊँझिए, न उनी कराए, न कैले रोए
हे प्रभु प्यार गर्छु, स्वर्गबाट हेर्नू र बिहानैसम्म मसँग रहनू ।
३. प्यार गर्नुहोस् मलाई यो बिन्ती गर्छु, अनन्तसम्म हुनुहोस् नजीक
प्रभु आशिष् सबलाई दिई सबको रक्षा गर्नोस् हामीलाई
स्वर्गलोकमा बस्ने योग्य पार्नोस् ।कोमल हृदय दिनुहोस् मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस् मलाई, तपाईंको वासस्थान बन्नलाई तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२) तपाईंको ।
कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ
कोही छैन तपाईंजस्तो परमेश्वर (२) सागरभन्दा गहिरो छ, हिमालभन्दा उच्च छ (२) तपाईंको विचार, तपाईंको विचार ।
को. कौन जाएगा? कौन जाएगा (२)
प्रभु तू मुझको भेज मैं जाऊँ वहाँ
प्रभु तू मुझको भेज तू चाहे जहाँ । (२)
१. बैगर कोई गए वहाँ, वे कैसे लाएँ इमान
बैगर लिये मेरा नाम, वे कैसे पाए नजात
कौन जाएगा ? ... ।
२. खेत पक चुके है कौन जाएगा
चरवाहे बिन ये मेरी भेड़े, भटक रही अनजान ।
३. कौन मसीह के पीछे अपना क्रूस उठाएगा ?
हजारों लोगों को उसका वचन सुनाएगा ?
कौन जाएगा ? ... ॥को. क्रूस तिम्रो प्रभु कलवरीको, मेरा निम्ति अति नै प्रिय छ
कारण बने मेरा काँड़ाहरू, तिम्रा शिरका मुकुट !
१. मेरो पीर ठूलो सम्झन्छु, र मेरो घाउ आलो
बनिदिन्छ जब कलवरीको, दृश्य विस्तारै धमिलो
तर होइन रहेछ प्रभु यस्तो, बन्यौ तिमी अवहेलित
भुल्नेछैन म त्यो कथा, तिमी भएथ्यौ क्रूसमा दलित ।
२. पीडा निन्दा वेदना र कष्ट, मेरा पथका प्रेरणाहरू हुन्
सबै हारले मलाई सधैं, जीतका सन्देश दिन्छन्
तिम्रा घाउहरू चुम्छु प्रभु, ती हुन् मेरा रोगमा चङ्गाइ
आशले भरिन्छु स्वास्थ्य पाउँछु, तिम्रै ती हातको स्पर्श पाई ।
३. अनुग्रह तिम्रो प्रशस्त छ, मेरो दुर्बलतामा झन् बढी
थाक्छु जब साँघुरो बाटोमा हिँड्दा, आउँछौ प्रभु सामर्थ बनी
यसर्थ रमाउछु हरेक चोटमा, कमजोरीमा र दुर्बलतामा
निराश हुन्नँ म कहिल्यै कुनै, परिस्थिति र समस्यामा ।१. क्रूसको छेउमा आउँछु, त्यसमा आशा पाउँदछु
जसमा भयो बलिदान, जसले हुन्छ मेरो त्राण ।
को. येशूमा म राख्छु आशा, बलि भयो क्रूसमा खास
क्रूसको आशिष् मलाई देऊ मेरो गह्रौँ भारी लेऊ
२. म ता पापी क्लेशित थिएँ, आफ्ना कर्मले दुःखित थिएँ
खोज्दथेँ त्राणको उपाय, जान्दिनथेँ सत् सहाय ।
३. प्रभु येशू मेरो नाथ, समात्छु म उनकै हात
खालि येशू सत अवतार येशूदेखि छ उद्धार ।को. क्रूसको छेउमा राख्नुहोस्, जहाँ मुक्तिको धारा छ
जहाँ पापको प्रायश्चित छ, जहाँ पीड़ाको अन्त छ
?. (तपाईंको धन्य मान्नेछु, सदा म धन्य मान्नेछु
तपाईंको छेउमा जब हुनेछु कृपा प्रभु मलाई गर्नुहोस्
क्रूसको छेउमा जब हुनेछु कृपा प्रभु मलाई गर्नुहोस्
पाप मेरो क्षमा दिई स्वर्गीय राज्य दिनुहोस्
क्रूसको छेउमा जब हुनेछु ... ।१. क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? आफैलाई इन्कार गर्नु पर्छ नै । उहाँको पाइला पछ्याउँछौ के ? आशिष्को झरी प्रशस्त पाउँछौ । २. क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? दुःख कष्ट अवश्य आउँछ नै । येशूलाई पहिलो स्थान दिन्छौं के ? रोजाइहरू थुप्रै आउँछन् नै । ३. क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? समस्याहरू थुप्रै हुन्छन् नै । तिमी सधैं भरोसा गर, प्रभु सहायक हुनुहुन्छ सधैं । ४. क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? दुष्ट तिम्रो विरोधमा उठ्नेछ । सामना गर्न पितालाई पुकार, तिम्रो पक्षमा ख्रीष्ट हुनुहुन्छ । ५. क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? सतावट र समस्यामा पर्छौं नै । येशूलाई हेर्दै जिउन चाहन्छै के ? उहाँको अगुवाई सदा हुन्छ नै । ६. उहाँको लागि प्राण गुमाउन तयार छौ ? उहाँ तिम्रो साथमा हुनुहुन्छ । मान इज्जत गुमाउन तयार छौ के ? स्वर्गमा मुकुट प्राप्त गर्छौं नै ।
क्रूसैमा क्रूसैमा मलाई परेथ्यो ज्योति मेरो पापको भारी हटिगो’ त्यहाँ विश्वास गरी मैले पाएँ दृष्टि र अहिलेको जीवन खुशी भो’ ।