HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. वचन त्यो प्रेम पत्र हो, प्रेमी हाम्रो परमेश्वरको (२)
१. बुद्धिमान हुन यसलाई पढौ, सुरक्षित हुन विश्वास गरौं
पवित्र हुन पालन गरौं
सम्हाली राखौं जीवनलाई, संगाली राखौं वचनलाई ।
२. डोर्याउनलाई बाटो र ज्योति, स्वास्थको लागि भोजन रोटी
दुःखीको लागि सन्त्वना निहित छ
स्वर्ग यहाँ खोलिएको छ, नरकको ढोका बन्द छ ।
३. वचन हाम्रो तरवार हो, पापीहरुको भाग्य हो
वचन हाम्रो अघिकार पत्र हो
यो हाम्रो जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ ।को. वन-पाखा गुञ्जाइदेऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
१. पापको श्राप मेट्नलाई येशूजी आउनुभो’
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनुभयो (२)
स्वर्गको ढोका खोलेछ उनैको कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए,
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई ।
२. हारको जीवन छैन यहाँ अन्धेरी जगत्मा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलवरी पाखामा
के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई ।को. वन्दनम् वन्दनम् यीशु राजा
स्वर्गीय देश हमारा वतन (२)
१. इण्डिया से नेपाल तक हमारा वतन एक ही है
ला... ला... ला...
भूटान से अमेरिका तक हमारा ममता एक ही है
ला... ला... ला...
हम सब यीशु में एक हो गए
भिन्नता में एकता हमारा निधान । (२)
२. बाबेल से बेतलहेम तक हमारा प्रभु एक ही है
ला... ला... ला... ला...
मिश्र से इस्रायल तक हमारा आशा एक ही है ।
ला... ला... ला... ला...
भाषा अनेक पर आत्मा एक ही है
भिन्नता में एकता हमारा निधान है ॥ (२)को. वह गई लहूँ की धार, पापी तेरे लिए, पापी तेरे लिए (२)
कैसे हुआ है वह बलिदान, पेपी तेरे लिए, पापी तेरे लिए । (२)
१. कलवरी के सीने से, बह गई खून की धार (२)
लहूँ में ही था प्रीत मसीह, एक अमृत धार
उस प्रेम की इस धरती पर, कोई मिशाल नहीं । (२)
पापी तेरे लिए... ।
२. होते हुए वो बेखता, मौत का दुःख सहा (२)
निर्धन होकर वह तुझे, धनवान बना दिया
जन्नती धन भी खूब है, जिसका हिसाब नहीं । (२)
पापी तेरे लिए... ॥वह है राजाओं का राजा, वह है प्रभुओं का प्रभु उसका नाम यीशु, यीशु, यीशु, यीशु वह है राजाओं... ॥
वासहरूमा हर्ष फैलोस् हाम्रो गल्ली शान्त रहून् विश्वासीको प्रार्थनामा, प्रभु अन्याय हटाऊन् शिखरदेखि फाँटबाट येशूलाई नै प्रशंसा होस् चारै दिशा देशभरि नै मुक्तिदाताको स्तुति गुञ्जोस् क्रूसको साथमा हामी हिँड्दा अन्धकारमा ज्योति होस् परमपिताको महिमा धरतीभरि फैलोस् ।
विजय छ मेरो ख्रीष्टमा, क्षमा कारण उनी टाँगिए पूर्णता छ मेरो जीवनमा छुटकारा उनैको जीवनले उनैसँग राज्य गर्दैछु, सबै शैतानको शक्तिलाई जित्दै प्रभु र राजा ख्रीष्टसँग जिउँदै ।
विजय हाम्रो (२) विजय आज हाम्रो सबै दुष्ट खुट्टा मुनि विजय आज हाम्रो
विजयी (२) परमप्रभुलाई हृदय भेटी जिउँदो बलिदान समर्पित होस् जीवित (२) येशूलाई (प्रशंसा) (२), पवित्र (२), उच्च (२), स्तुति (२) ।
को. विदाई छ सबैलाई, आजको यो घड़ीमा
सम्झना राखिदेऊ है, जीवनभरिमा । (२)
१. जीवनको पहिलो विछोड़ हाम्रो जीवन यस्तै हो (२)
उनी राखेको फूलको माला जोड़ाए जस्तै हो । (२)
२. लेक र बेंसी तराई बाग, हामीलाई सम्झनु (२)
एउटै पिताको संतान हामी, पराई नठान्नु । (२)
संसारमा नभेटे स्वर्गमा भेटौंला
प्रभुको इच्छा हो प्रभुको इच्छा हो । (२)विश्राम लिन्छु भन्ने ए भरिया दाई (२) विश्राम लिने चौतारी येशू मात्र हुन् (२) १. थाकिसक्यो शरीर तिम्रो चुहाउँदै निधारको पसिना (२) ध्यान ह्ह तिम्रो विश्राम लिने (२) उनै सजिलो चौतारीमा प्यास लाग्यो भन्ने ए भरिया दाई (२) प्यास मेट्ने त्यो पानी येशू मात्र हुन् (२) २. चिरिसक्यो पैलाता तिम्रो घोंच्दैछन् झन् काँडाले (२) आशा छ तिम्रो थामिदिने (२) उनै दयालु हित्तैशीको बोझ थाम्छु भन्ने ए भरिया दाई (२) बोझ राख्ने चौतारी येशू मात्र हुन् (२)
१. विश्वाको कुना कुनामा गुञ्जिरहोस् येशूको नाम (२) कति प्यारो येशूको नाउँ विश्वमा हल्लेलूयाह २. नेपालको... ३. भारतको... ४. भूटानको... ५. संसारको...
विश्वास गर, निराश नहोऊ, ख्रीष्ट साँचो मित्र हुन् जस्तै दुःख भए पनि उनले साथ दिनेछन् दुःखको दिनमा गाऔँ, सुखको दिनमा गाऔँ प्रतिदिन जहाँ पनि हामी गाउनेछौँ ।
को. विश्वास गरी प्रभुको चरणमा आऊ
आफ्ना भुललाई स्वीकारी उनैमा क्षमा पाउन,
उनी आए संसारमा बचाउन हामी सबैलाई
केवल उनमा छ मुक्ति, उनी हुन् साँचो गोठालो
१. कलवरी डाँड़ामा येशूलाई झुण्डीएको आज हेरिदेऊ
केवल तिम्रै निम्ति मात्र उनले आफ्नो प्राणसम्म दिए (२)
२. उनको प्रेमी बोलावट सुनिदेऊ, आफ्नो हृदय उनलाई खोलिदेऊ
उनी आउनेछन् तिमीमित्र दिनलाई अनन्त जीवन (२)१. विश्वास गर्छु, पुकार गर्छु, जीवन म अर्पण गर्छु
तिमीमा, केवल तिमीमा, (केवल येशू तिमीमा) (२)
२. भरोसा राख्छु, शरण पर्छु, संसारलाई त्यागिदिन्छु
तिमीमा, केवल तिमीमा, (केवल येशू तिमीमा) (२)
३. सँगै हिँड़्छु, क्रूसलाई अँगाल्छु, मृत्युपारि उदाउँछु
तिमीमा, केवल तिमीमा, (केवल येशू तिमीमा) (२)को. विश्वासयोग्य मेरो प्रभु (म तिम्रो स्तुति गाउनेछु) (२)
१. अनुग्रहमा मलाई डाक्यौ, मलाई सदा सम्हाल्दछौ (२)
यसर्थ म तिमीलाई भज्छु, तिम्रो प्रशंसा गाउनेछु ।
२. तिम्रो प्रेमदेखि हे प्रभु, म बारम्बार दूर भएँ (२)
तर म तिमीकहाँ आउँदा मलाई तत्काल क्षमा गर्यौ ।
३. पापमा आफूलाई नाश पाउँदा, मलाई हात दिई उठाएथ्यौ (२)
शत्रुका जालझेलदेखि मलाई जयवन्त जीवन दियौ ।
४. मेरा शरणस्थान तिमी, तिमी नै दृढ़ किल्ला हौ (२)
तिमी यसका चारैपट्टि सदैव रक्षक भइरहन्छौ ।
५. तिमी नै साँचो साक्षी हौ, विश्वासयोग्य प्रभु हौ (२)
मेरो प्रभु अनादिका म तिम्रो स्तुति गाउँदछु ।विश्वासले प्रतिज्ञा देखी ईश्वरलाई मात्र हेर्छ असम्भवलाई नहेरेर भन्छ, “गरिनेछ” (भन्छ “निश्चय गरिनेछ”) (२) असम्भवलाई नहेरेर भन्छ “गरिनेछ” ।
को. विश्वासीलाई लिनलाई प्रभु आउनेछन्,
निराश नभई पर्ख है प्यारा ख्रीष्टीय जन ।
(राजदूत तिमी हौ येशू राजाको) (२)
(पूरा हुन्छ प्रतिज्ञा महान् प्रभुको) (२)
१. मृतकहरू बौरिउठ्छन्, चिहान रित्ता हुनेछन्
आकाशमा प्रभुकासाथ भेट्न जम्मा हुनेछन् ।
(समय लाग्दैन प्रभु आउनेछन्) (२)
(आफ्ना प्रियहरूलाई साथमा लानेछन्) (२)
२. निराश नभई दौड़ है प्रेरित पावल दौड़ेझैँ,
आफ्ना दौड़ पूरा गर्दै ख्रीष्टमा झन् नजीक बढ़्दै ।
(पाउनेछौ तिमीले कामको पूरा फल) (२)
(मेहनत गर्न नथाक निकाल पूरा बल) (२)
३. विश्वास गर प्रभुमा दानिएलले गरेझैँ,
अनुग्रह र आशिष्मा अझै तिमी डुब्नेछौ
(खेर जाँदैनन् तिम्रो सबै काम) (२)
(अवश्य नै पाउनेछौ तिमीले इनाम) (२)१. विस्तृत र गहिरो, अझ गहिरो सागरभन्दा प्यार छ मुक्तिदाता ख्रीष्टको अनन्त अनन्त कालसम्म (२) २. तर पाप मेरा छन् अनेक, के छ प्यार उनको महान् ? अनुग्रह सब पापको लागि क्षमा दिने राख्ने प्राण (२) ३. मेट्न सक्छन् तिर्खा सधैँ के आत्माले दिन्छ बल ? जीवन जल पिलाउँछन् उनले हृदयदेखि बग्छ भल (२)
को. वीर-विरङ्गना युवाहरू जरुरी छ यहाँ
जिउँदो बलिदान, सक्रिय सेवक बन्नलाई यहाँ (२)
१. ढुङ्गा हानी मार्नलाग्दा क्षमा दिनसक्ने,
प्राण जाँदा स्वर्गीय ढोका खोलिएको देख्ने (२)
हातमा मोटो काँटी ठोक्दा प्यार गर्न सक्ने (२)
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ? (२)
२. येशूको निम्ति दुःख सहँदा रमाउन सक्ने,
हेलित बनी झ्यालखानामा पर्दा
गीत गाउनसक्ने, गिल्ला, निन्दा,
अपमान गरिँदा आशिष् दिनसक्ने (२)
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ? (२)
३. “मेरो पछि लाग” भन्दा झट्टै पछि लाग्ने,
“त्यो ठाउँमा जाऊ” भन्दा विनाप्रश्न दिँड़्ने (२)
उहाँको निम्ति सबै-सबै, आफैसम्म, त्याग्ने
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ? (२)को. वीर हौँ हामी, वीर, प्रभुका सेना बनेका छौँ
जयवन्त प्रभुको आज्ञा पाई घोषणा गर्दछौँ
१. एक मात्र जीवन यो ऋणी छु येशूको
बाँकी जीवन पूर्ण समय आफ्नो होइन, तपाईंको ।
२. दगुर्दै-दगुर्दै मुक्तिका राँका लिई
आफ्नो देशको सब जिल्लामा चम्कन जाऊँ ज्योति, भई ।
३. बाटो छ उकालो, कष्टले भरेको
डाँड़ापारि देख्दछु म, कति आत्मा मरेको ।
४. यो देशले जबसम्म ख्रीष्टको प्रेम चाख्दैन
सुख-चैन त्यागी क्रूसै बोकी जाँदै नगई भएन ।को. व्यर्थै छ यो संसारको माया मोह स्वर्गीय आनन्द ढिलाई जान्छ
यहाँ सोची देऊ बुझी देऊ क्रूसैमा दर्शन बिर्सी नदेऊ ।
१. हाम्रो जीवन सधैं फूल्ने होइन दुःख भोग्न कहिले छुट्ने छैन
झूटो साक्षी त्यागि अब सत्य ख्रीष्टलाई अप्नाई देऊ ।
उनैको निम्ति व्यर्थै छ... ।
२. तिम्रो मेरो पापको निम्ति येशू अर्पण गरे प्राण उनले क्रूसैमा
अविश्वासको जीवन त्यागि सत्य ख्रीष्टलाई अप्नाई देऊ ।
आफ्नै निम्ति व्यर्थै छ... ।