HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
न ता बलले न शक्तिले, प्रभु भन्छन्, मेरो आत्माले (२) यो पहाड़ हटिजानेछ (३) प्रभु भन्छन् मेरो आत्माले । यो आँधी थामिनेछ (३) प्रभु भन्छन् मेरो आत्माले । यो जुवा भाँचिनेछ (३) प्रभु भन्छन् मेरो आत्माले ।
न तो बल से, न शक्ति से पर मेरी आत्मा के द्वारा ये पहाड़ हट जायेगा (३) पर मेरी आत्मा के द्वारा ।
को. नछोड़ी जाऊ है मेरा येशू एक्लै मलाई (२)
१. सारा संसार पापैमा छ बचाउनु होस् येशू
म तुच्छ पनि जान चाहन्छु त्यो स्वर्गीय धामैमा ।
२. सबै मेरो जीवनलाई लिनु होस् मेरो येशू
आउँदैछु येशू तपाईंको चरणमा ।
३. जस्तै दुःख आए पनि गाउँनेछु तपाईंको गीत
दिनु भो प्रभु मलाई तपाईंले त्यो अनन्त प्रेम ।नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस् मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस् मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस् प्रेमको, बढ़ाउनुहोस् कोठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)
नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस् मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस् मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस् प्रेमको, बढ़ाउनुहोस् कोठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)
१. नजिक झन् नजिक हुन्छु प्रभु, खिच्नुहोस् मलाई हे प्रिय येशू राख्नोस् हे राख्नोस् छाती सँगै (लुकाउनोस् यो विश्रामस्थानमा सधैं) (२) २. नजिक झन् नजिक के दिनु म, येशू राजालाई दान छैन दिन केवल यो पापी चूर्ण हृदय, (धुनुहोस् मलाई क्रूसको रगतमै) (२) ३. नजिक झन् नजिक हुन प्रभु, पाप र मूर्खताबाट फर्कन्छु पापका मोजमज्जा सब त्याग्दछु, (दिनोस् मलाई केवल थुमा येशू) (२) ४. नजिक झन् नजिक सास रहुञ्जेल, सकुशल स्वर्गमा नपुगुञ्जेल अनन्त अनन्त युगयुगसम्म, (झन् नजिक प्रभु झन् नजिक तब) (२)
[ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२)
को. (नजिक रहन चाहन्छु सधै म तपाईंको
अंगाल्नुहोस् प्रभु मलाई न्यानो अंगालोमा) (२)
१. कुल्चिएको धुलोबाट टिपी ल्याउनुभो मलाई
थुकिएको घिनलाग्दो मैला धोइदिनुभो (२)
कस्तो पाएँ मैले प्रेम उनैको
जीउँन पाउँ सधै न्यानो काखैमा (२)
२. बिर्सन कहाँ सक्छु र कलबरीको डाँडैमा
मेरै निम्ति बगेका ती रगतका धाराहरु (२)
अचम्मको रहेछ ख्रीष्टको यो प्रेम
मेरो साथ म आफैलाई दिए उसैमा (२)
नजिक रहन चाहन्छु...(नडराऊ, म तिमीसँग छु) (३) भन्छन् प्रभु उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ, पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु, आगोमा पनि (तिमी कहिल्यै जल्ने छैनौँ) (२) कारण म तिमीसँग छु ।
१. नदी जस्तो राम्रो ईश्वरको शान्ति
दुःख हटाउँछ हाम्रो हुदाँ खूब वृद्धि,
पूरा छ, तै हुन्छ झन् फराकिलो
पूरा छ, तै बढ़्छ अझै गहिरो ।
को. परमेश्वरमा स्थापित मनमा छ आराम
वचनअन्सार पाई शान्ति र विश्राम
२. उनको आड़मा बस्छ जो कोही पाउँछ सुख
शत्रु त्यहाँ न पस्छ न ता दिन्छ दुःख,
चिन्ता, पीर, आतुरी आँधीझैँ आउँछ
तर प्राणलाई हुरी असर पार्दैन ।
३. हर वरदान सर्वोत्तम ईश्वरबाट हो
हामीलाई छ उत्तम दुःख वा सुखको,
उनमा राख्न सक्छौँ पूरा भरोसा
राखे उनमा पाउँछौ सत्यपूर्णता ।नदी झैं मलाई बग्न देऊ हिमाल झैं स्वच्छ बन्न देऊ बादल झैं आकाशमा उड्न देऊ हावा झैं सरर बहन देऊ नयाँ बनेर आज म जीउन चाहन्छु पूरानो कुरा बिर्सेर अब कहिले म पछि फर्किन नयाँ बनेर जीउन चाहन्छु (नया बनेर जीउन चाहन्छु) (४) (पूरानो कुरा बिर्सेर जीउन चाहन्छु) (४)
नदीजस्तो शान्ति छ (३) मेरो मनमा (२) झरनाजस्तो आनन्द छ (३) मेरो मनमा (२)
को. नन्हे-मुन्हे बच्चों आओ चले, प्यारे मसीह से हम बात करें । (२)
मिलके चलें, मिलके चलें, प्यारे मसीह से हम बातें करे ।
१. खाना और कपड़ा वह देता हमें
मामा और पापा और भाई बहने - मिलके चलें... ।
२. छोटा प्यारा यीशु कभी न लड़ा
हम भी किसी से कभी न लड़े - मिलके चलें... ।
३. कितनी अच्छी चिजें वह देता हमें
छोटा सा दिल भी उसी को दे दे - मिलके चलें... ।
४. प्यार से बुलाता है यीशु तुम्झें
उछलते और कुदते और गाते चलें - मिलके चलें... ।को. नबिर्सी देऊ त्यो क्रूसको कथालाई जहाँ जीवन र मुक्ति पाइन्छ
१. फूलहरू फूल्छन् मध्यमा झर्छन् जिन्दगी हाम्रो यस्तै नै छ
यहाँ अनन्त जीवन पाउन आऊ ।
२. जिन्दगी हाम्रो पीपलको छाँया सपना झैं यहाँ हराई जाने
उहाँमा आनन्द जीवन लिन आऊ १. नभर्म भाइ हो, दुनियाँको जालमा
नपर बहिनी, शैतानको खालमा,
त्यो हाम्रो सारो दुष्ट दुश्मन हो
त्यो छोड़्नु साँचै भाइ हो, खुशमन हो ।
२. मन फर्काऊ भाइ हो, यो पापैदेखि
पश्चात्ताप गरूँ रोई-रोई हो कि,
आशा ता गरूँ भाइ हो ख्रीष्टैमा
सुख पाउँछौँ प्रिय भाइ हो, स्वर्गलोकमा ।
३. छोड़िदेऊ भाइ हो, चालचलन बुरो
नगर बैनी, नराम्रो कुरो,
प्रेम गर्दै प्रभु ख्रीष्टलाई पछ्याऊ
नराम्रो चाल र स्वभाव सच्याऊ ।
४. प्रेम गर भाइ हो, सबसँग एकै
जय जय होस् प्रभु, यो तिम्रै आज्ञै
आपसमा मिलिबस सबैसाथ
हेर, म हुन्छु सब दिन तिम्रोसाथ ।को. नमूना बनों युवा समय में
कोई तेरी जवानी को तुच्छ न जाने (२)
१. प्रार्थना में बिनती में नमूना बनों
युवा समय में नमूना बनों,
कोई तेरी जवानीको तुच्छ न जाने । (२)
२. स्कूल में कालेज में नमूना बनों
युवा समय में नमूना बनों,
कोई तेरी जवानीको तुच्छ न जाने । (२)
३. रास्ते में बजार में नमूना बनों
युवा समय में नमूना बनो
कोई तेरी जवानीको तुच्छ न जाने । (२)
४. बोली से वचन से नमूना बनो
कोई तेरी जवानीको तुच्छ न जाने ॥ (२)को. नयाँ घरको शुरुले सुन्दरता ल्यायो
परमेश्वरले दुवैलाई एक बनाए
योजना परमेश्वरको अब पूरा भो’
यस कार्यले उनलाई महिमा पुर्यायो
१. (प्रेम अधिकार यस घरमा बसोस्,
प्रभुको साक्षी सधैँ फैलियोस्) (२)
ख्रीष्टियान घरको उदाहरण बनी (२)
अरू घरलाई पनि प्रभुमा ल्याओस् ।
२. (बिन्ती यो हाम्रो प्रभुमा राख्छौँ
प्रार्थनाले नव-दम्पत्तिलाई ढाक्छौँ) (२)
इच्छा यो तपाईंको पूरा होस् भन्दै (२)
कामना हामी सबै प्रभुमा राख्छौँ ।को. नयाँ जीवन पाउनुछ आज,
हामी सबैले येशूको साथमा बिउँझनुछ आज
१. रीतितिवाजमा डुबेको मान्छे (२)
ख्रीष्टको नौलोपनलाई हेर
धर्म होइन, कर्म पनि होइन (२)
हृदयको मुहारलाई क्रूसतिर फेर
२. जब जीवन भार हुन्छ (२)
मृत्युको चोट रगतमा जल्छ
व्यर्थ होइन, स्वार्थ पनि होइन (२)
ख्रीष्टको आत्मा सबै मुटुमा खेल्छ ।को. नरुनु है हे आमा बाबा (२)
तिम्रो छोरो मरेको होइन प्रभुले लानु भएको (२)
१. म त प्रभुको घरमा सुखसँग छु
प्रभुको मीठो मीठो भजन सधैँ गाउँदछु (२)
प्रभुको न्यानो अङ्गालोमा आमा तिम्रै ममता पाउँदछु
२. म छुइनँ भनेर संसारमा लौन तिमी हरेस नखाओ
एक दिन त सबै उनकै राज्यमा अवश्य भेट्नेछौँ (२)
यही आशामा बस्नु है सबै प्रभुको आगमन नजीक छको. नवीन सालको प्रथम दिनमा हर्ष हामी आज मनाऔँ
यही समय प्रभु याद लिई नवीन हामी जीवन अपनाऔँ
१. प्रभु येशू उद्धारकर्ता अद्भुत त्राता तारणहार
उनको करुणा याद सदा लिई नवीन हामी जीवन अपनाऔँ ।
२. प्रभु हामी शरण पर्छौं सबै जीवन अर्पण गर्छौं
तपाईंको सेवा सदाभर नै कामना मनमा यही रहोस् ।को. नसम्झ यहाँ यो जीवन हाँसेर मात्र बाँचेको
सोचन मनमा आफैलाई, छ तिम्रो आत्मा बाँचेको
निर्णय आजै नै गरिदेऊ, भोलि त अबेर भइजाला
नभए एक दिन यो जीवन रोइ-रोइ यहाँ रहिजाला (२)
१. लुकाइराख्छौ तिम्रो पाप, बोकेर कहाँ लान्छौ र ?
बिसाउन बरु तुरून्तै लिएर कहाँ जान्छौ र ? (२)
गोरेटो सानो सुरिलो कलवरी डाँड़ा पुग्नलाई
नमान संकोच यो मनमा ईश्वरको सामु झुक्नलाई ।
२. रगतको थोपा आलो छ गलगथाको बाटोमा
प्रभुले बोके दयनीय क्रूस, हाम्रो पापको साटोमा (२)
बलिदान यहाँ जीवनको कष्ट र पीर मुटुमा
सहेको छ है उनैले तिम्रो र मेरो निम्तिमा ।नाउँ उनको उच्च छ अरू नाउँभन्दा नाउँ उनको येशू, येशू प्रभु नाउँ उनको उदेकको, नाउँ उनको सल्लाहकार शान्तिको राजकुमार महान् ईश्वर ।
नाउँ उनको उदेकको (३) प्रभु येशू प्रबल राजा उनी, सबै थोकको धनी नाउँ उनको उदेकको, प्रभु येशू असल गोठालो, सनातनको चट्टान शक्तिमान् ईश्वर उनी दण्डवत् गरौँ उनलाई, आदर, भक्ति चढाई, नाउँ उनको उदेकको, प्रभु येशू ।
नाउमा पत्रुस, याकूब, यूहन्ना (३) घोर समुद्रमा, रातभरि जाल हाने केही पनि पाएनन् (३) येशू झिलमाथि हिँड्दैआए (३) येशूले त्यहाँ भने, फेरि जाल हान (३) उनीहरूले धेरै माछा पक्रे (३)
१. नाङ्गै छ आउनु नाङ्गै छ जानु ए नि लै लै कठै ए मेरी प्यारी मित्र, लानु केही सक्दैन । २. पापैमा जन्मे पापैमा बढ़े ए नि लै लै कठै ए मेरी प्यारी मित्र, पापैमा मर्नुछ । ३. पापैको ज्याला अनन्त मृत्यु ए नि लै लै कठै ए मेरी प्यारी मित्र, नर्कमा भोग्नेछ । ४. बचाइराख आत्मालाई तिम्रो ए नि लै लै कठै ए मेरी प्यारी मित्र, समय हुँदा नै । ५. स्वर्गको मुनि संसारभरि ए नि लै लै कठै ए मेरी प्यारी मित्र, कोही छैन बचाउने । ६. बाटो र सत्य, आनन्द जीवन ए नि लै लै कठै ए मेरी प्यारी मित्र, येशूमा पाउँनेछौ ।
नाच न नाच गाउँछु म गीत हाँस न हाँस छ हाम्रो जित किन निराश छौ किन उदास छौ निश्चय हामीले नै संसारलाई जित्नेछौं (२) १. तिम्रो र मेरो प्रेमको बन्धन जसरी ख्रीष्टसंग छ सुन्दर पहाड पवित्र झरना जसरी सृजिएको छ (२) हरियाली खेतमा स्वर्गीय भेषमा आऔं हामी सबै जाऔं ख्रीष्टीय देशमा (२) २. तिम्रो र मेरो उद्धार गर्न येशू संसारमा आए बलिदान गरि बन्धनलाई तोडी हामी सबलाई बचाए (२) त्यसैले आईदेउ सत्यलाई बुझीदेउ ख्रीष्टको विजयीमा सबै रमाईदेउ (२)
(नाचन चान गाउँछु म गीत हासन हास छ हाम्रो जीत) (२) (किन रिसाउँछौ किन उदास छौ निश्चय नै हमीले संसारलाई जित्ने छौं) (२) नाचन नाच... (तिम्रो र मेरो प्रेमको बन्धन जसरी ख्रीष्टसँग छ हो सुन्दर पहाड, पर्वत र झरना जसरी सजिएको छ) (२) (शान्तिको भेषमा सुनौलो देशमा आउँ हामी सबै जाउँ ख्रीष्टीय देशमा) (२) नाचन नाच... (तिम्रो र मेरो पापको लागि क्रुसैम बली भए हो उद्धार र मुक्ति दिनलाई, आफैलाई दोषी बनाए) (२) (त्यो सबै भुली देउँ, सत्यलाई बुझी देऊ हृदय येशूको व्यर्थै न तोडी देऊ) (२) नाचन नाच...
१. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२) (नाँची देऊ) (२) (येशूको माया सम्झी नाँची देऊ) (२) २. (गाई देऊ गाई देऊ गाई देऊ) (२) (गाई देऊ) (२) (येशूको माया सम्झी गाई देऊ) (२) ३. (उफ्रि देऊ उफ्रि देऊ उफ्रि देऊ) (२) (उफ्रि देऊ) (२) (येशूको माया सम्झी उफ्रि देऊ) (२) ४. (हाँसी देऊ हाँसी देऊ हाँसी देऊ) (२) (हाँसी देऊ) (२) (येशूको माया सम्झी हाँसी देऊ) (२) ५. (घुमी देऊ घुमी देऊ घुमी देऊ) (२) (भुमि देऊ) (२) (येशूको माया सम्झी घुमी देऊ) (२)
(नाचुगा गाउँगा पग्लौ के समान होस् मे न रहुगा मेरा राजा है महान) (२) नचुगा खोके अपना स्वाभिमान अरे लोग कहे इसे मुर्ख्ता पर गाउगा मेरे राजा है महान (ना… ना… ना… ना… ना… है) (६)
(नाचौ गाऔ रमाउ खेलौ, महिमा गर्दै प्रशंशा गरौ) (२) (मेरो राजा येशूलाई, मेरो राजा प्रभुलाई) (२) (हो हो महिमा गरौ) (२) नाचौ गाऔ रमाउ खेलौ, महिमा गर्दै प्रशंशा गरौ (यो मेरो हृदयले येशूको महिमा गर्छु यो मेरो सारा प्राणले येशूको प्रशंशा गर्छु) (२) येशूको प्रशंशा गर्छु (ताली बजाउदै कम्मर मर्कौदै) (२) घुमी-घुमी नचिदेउन है (येशूको गीतैमा) (३) (हे हे हे हे हे हे ला ला ला ला ला) (२) नाचौ गाऔ रमाउ खेलौ, महिमा गर्दै प्रशंशा गरौ (ऐ दिदि ऐ बहिनी ऐ दाजु-भाई हो) (२) येशूको आराधना गरौ, येशू आउनेबेला भयो आत्मा र सत्यतामा (उन्को आरधना गरौ) (३) नाचौ गाऔ रमाउ खेलौ, महिमा गर्दै प्रशंशा गरौ (मेरो राजा येशूलाई, मेरो राजा प्रभुलाई) (२) हो हो महिमा गरौ (मेरो राजा येशूलाई, मेरो राजा प्रभुलाई) (२) (प्रशंशा गरौ) (५)
नाचौ प्रभुमा मघ्न भई नाचौ (प्रभुमा मघ्न भई नाचौ) (२) आ... आ... आ... आमिन १. घुमौ प्रभुमा मघ्न भई घुमौ (प्रभुमा मघ्न भई घुमौ) (२) आ... आ... आ... आमिन २. उफ्रौ प्रभुमा मघ्न भई उफ्रौ... ३. हाँसौ प्रभुमा मघ्न भई हाँसौ...
नाच्नेछौँ, हामी नाच्नेछौँ, गाउनेछौँ हामी गाउनेछौँ दुःख, भोक, तकलीफ हामीलाई मिल्छ यहाँ आनन्द जीवन, सुख हामीलाई मिल्छ त्यहाँ हा... हा... नाच्नेछौँ, हामी नाच्नेछौँ, गाउनेछौँ, हामी गाउनेछौँ ।
१. नानीहरूको लागि दैलो उघारिदेऊ
असल गोठालोको खोरमा तिनलाई भेला गरौँ,
कोही त टुहुरा-टुहुरी, कोही ता साह्रो लाचार
सब नानीहरूको लागि उघारौँ खोरको द्वार ।
को. खोरको दैलो, खोरको दैलो, खोरको दैलो उघारौँ
असल गोठालोको खोरमा नानीलाई भेला गरौँ
२. नानीहरू त आउँछन्, दैलो उघारिदिऔँ
यिनैलाई खोरमा बसाई ख्रीष्टको शिक्षा दिऔँ
प्रार्थना गरी उघारौँ धर्मको खोरको दैलो
याद गरौँ ईश्वरको राज्यलाई यस्तैहरूको हो ।१. (नामानने एलिसाको बात मान कर
यर्दन नदि में डुपकी लगारे) (२)
को. (डुपकी लगारे बाबा डुपकी लगारे) (४)
२. (एक बार, दो बार, तीन बार, चार बार
पाँच बार, छ बार सातौं लगारे) (२)
३. (देखो क्यासे चमात्कार हुवा
नामानको कोर सें चङ्गा हुवा) (२)को. नारे लगाओ और गाओ रे, झण्डा मसीह का फैलाओ रे
हाल्लेलूयाह... हाल्लेलूयाह । (४)
१. जीवन से उल्झा हुआ राही, यीशु के पास तुम आओ रे
गम की वह राहें सब छोड़ो, जिन्दगी में अब कुछ जोड़ो ।
२. लम्बा सफर जिन्दगी का, सच्चाई कोई न जाने रे
आँखे ऊपर को लगाओ, यीशु के पास तुम आओ रे ।
३. यीशु का मृत्यु हुआ है, पापों का अन्त हुआ है
खुशीयाँ वो बाँट रहा है, प्रेम की धारा वही है ॥को. नक्ले म त निक्ले निक्ले बाइबल बोकेर
सुनाउनेछु सुसमाचार गाउँ घुमेर
(सुख बिलास सबै भूलेर) (२)
हिडे म त दुर्शन बोकेर
निस्के म त बाइबल बोकेर
१. फकर्ने छैन फेरि अब संसारलाई फर्केर हेर (२)
दुःख र कष्ट सहनेछु अब
ख्रीष्टको प्रेमलाई फेरि सम्झेर
ख्रीष्टको साँचो साक्षी बनेर
हिडे म त बाइबल बोकेर
२. छर्नेछु वचन आँसु यो झार्दै
कटनी गर्नेछु आनन्द गीत गाउँदै (२)
बोक्दै छु क्रूस साँघुरो बाटोमा
पाउनेछु मुकुट स्वर्गीय राज्यमा
क्रूसको झण्डा हातमा बोकेर
हिडे म त दर्शन बोकेर
हिडे म त बाइबल बोकेरको. निरन्तर रहने प्रेम ख्रीष्ट येशूको, अनुग्रह असीम अपार
गाउनेछौँ महिमा इम्मानुएल प्रभुको होस्, उहाँको जयजयकार
१. पापको दास थियौँ हामी नरककुण्डको भागी
पापै नजान्ने मसीह येशू प्रभुले सबै दोष हटाउनुभो’ (२)
२. धन्यवाद येशूलाई नचढ़ाई सक्छौँ कहाँ ? हाम्रो उहाँ सृजनहार
तोड़्नुभो’ डरलाग्दो शक्ति सब पापको, हटाउनुभो’ घोर अन्धकार (२)
३. अयोग्य भए पनि ज्योतिका सन्तान हामी
यस्तो त्राणकर्ता प्रेमी येशू प्रभुलाई चढ़ाऔँ सबैले धन्यवाद (२)
४. आनन्दित छौँ आज, शक्ति पापको भयो नाश, छुटकारा दैनिक जीवनमा
सम्पूर्ण हृदयलाई शुद्ध स्वच्छ पारेर दिनुभो’ ख्रीष्टले गीत नयाँ (२)
५. जयजयकार मसीह येशू, गाउनेछौँ प्यारो प्रभु
बाटोमा तपाईंको जस्तै भए पनि स्तुति गाउँदै नै जानेछौँ (२)निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर प्रार्थना गर । प्रार्थना सुन्नलाई म जीवित छु, म तिम्रो पुकारलाई सुन्नेछु । प्रार्थना गर, उत्तर दिनेछु, गहिरो-गहिरो भेद बनाउनेछु । नजानेको र नसोचेको प्रकाश म तिमीलाई दिनेछु ।
को. निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर प्रार्थना गर (२)
प्रार्थना सुन्नलाई म जीवित छु, म तिम्रो पुकारलाई सुन्नेछु (२)
निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर पार्थना गर ।
१. दुःखको दिनमा पुकार गर, तिमीलाई छुटकारा म दिनेछु (२)
सङ्कटमा सजिलै पाइने सहायक म तिम्रो परमेश्वर हुँ । (२)
२. प्रार्थना गर, उत्तर दिनेछु, गहिरो-गहिरो भेद बताउनेछु (२)
नजानेको र नसोचेको प्रकाश म प्रकट गर्छु । (२)
३. आजको दिनसम्म तिमीले, मेरो नाउँमा केही मागेनौ (२)
येशूको नाउँमा विश्वाससाथ माग, आनन्द पूर्ण हुनेछ । (२)
४. निराशमा पनि आशा राख, विश्वासमा प्रयत्नशील बन (२)
आशिष्को वर्षा पर्खिरह, निश्चय म बर्साइदिन्छु । (२)
५. यदि मेरो आफ्नै नाउँ दिइएको, प्रजा पश्चात्तापी हुँदछ (२)
पाप क्षमा दिई त्यस जग्गालाई, स्वस्थ म पार्नेछु । (२)
६. तिमीले बिन्ती गर्न अघि नै, म चाँडै उत्तर दिनेछु (२)
बोल्दा-बोल्दै अत्याघिकसँग, आशिष् म दिनेछु । (२)को. निराश भएका ए जिन्दगी बिहानीका शीत
बनी शुन्यतामा हराइनदेऊ
१. (तिम्रा सबै इच्छाहरू राखिदेऊ येशूमा) (२)
बितिजाने यो जिन्दगी सुम्पिदेऊ उनैलाई,
प्रशस्त सधैँ पाउनेछौ ।
२. (तिम्रा सबै हारहरू जीतहरू छन् येशूमा) (२)
उजाड़ तिम्रो त्यो जिन्दगी सुम्पिदेऊ उनैलाई,
हाँसोहरू फेरि पाउनेछौ ।को. (निराश हुनुपर्दैन हे दाजुभाइ, हे बहिनी
येशू मसीह तयार छन् तिमीलाई मुक्ति दिनलाई
टुटेको हृदय लिएर उहाँको चरणमा गइहाल
स्वर्गमा पिता रमाउँछन्, तिमीलाई सन्तान पाएर) (२)
१. (संसारलाई प्रेम गरी पिताले एकमात्र पुत्र पठाए
नरकको कीरो मानिसलाई स्वर्गको शासक बनाए) (२)
स्वर्गको शासक बनाए ।
२. (ख्रीष्टसँग हकवाला बनाई पवित्र आत्माले भर्नेछन्
अनन्त महिमाको भागीदार हामीलाई लिन आउनेछन्) (२)
हामीलाई लिन आउनेछन् ।को. निराशमा घुँड़ा प्रार्थनामा टेक्छु, आशामा म उठ्छु
येशूको चरण, आँसुमा पर्छु, हाँसोमा उठ्दछु ।
१. ब्राम्हण्ड रच्ने दैवीय हातले मलाई थामेको छ
भविष्य पनि स्वर्गीय हातमा, अटल, सुरक्षित छ
पवित्र आत्मा, शान्तिमय व्यक्ति, सत्यता चिनाउँछ
पिताको इच्छा विश्वासी-बीचमा प्रकट गर्दछ ।
२. हे पिता, पुत्र, पवित्र आत्मा, चोख्याउनुहोस् मेरो मन
सुनसरि खारी लिनुहोस् जीवन तपाईंको मात्र धन
बाँचुन्जेल बन्छु एक बल्दो साक्षी, ख्रीष्ट प्रभु हजुरको
प्रशंसा गर्दै भजी म बस्छु, नाउँ त्रिएक ईश्वरका ।को. निराशा होइन आशामा, अन्धकार होइन ज्योतिमा
बोलाउँदैछन् येशू प्रभु, उनको प्रेमी हात फैलाइ ।
१. पापीको पापलाई धुनलाई, बलि भए ख्रीष्ट क्रूसैमा
हामीलाई नयाँ जीवन दिन, रगत बगाए सित्तैमा ।
२. जीवन छ आज ख्रीष्टमा, पापमा मर्नहरूलाई
बोलाउँदैछन् येशू सदा, उनको प्रेमी हात फैलाई ।को. निराशाको आँधीमा जब डुब्छु,
लङ्गर बनी साथ देऊ, प्रभु,
अनुग्रहमा मलाई हिँड़ाऊ,
अनुग्रहमा मलाई डोर्याऊ
१. उर्लदौ आँधीले सामना गर्दा त्रासित
चेला सब हताश भए (२)
अनुग्रहमा बाँचेको चेला हुँ हताश
होऊँला सम्हालिदेऊ, प्रभु ।
२. विश्वासको आधारमा बाँचेको छु,
विश्वासको लड़ाइँ लड़्न सिकाऊ (२)
विश्वासलाई सिद्ध बनाउने प्रभु,
मेरो विश्वासलाई सिद्ध बनाऊ ।
३. परदेशी छु म यस संसारमा,
सहारा मेरो यहाँ कोही छैन (२)
तिमी नै मेरो सहारा बनी
डोर्याइदेऊ दिन-दिन आत्मिक पथमा
४. बाँचिरहेछु म अन्तिम दिनमा,
साथ देऊ मलाई पल-पलमा (२)
साथ तिम्रो पाए यस यात्रामा
निश्चय दौड़ पूरा गर्नेछु म ।को. निले आसमान के पार जायेंगे, मेरा यीशु रहता वहाँ
हम मिलेंगे बादलों पर (२) देखेगा सारा जहाँ । (२)
१. उसका कोई भी वादा, न होगा अधूरा
हरेक वादा उसका होता है पूरा-
उसका कोई भी वादा
उसके आने का वादा भी होगा पूरा-
देखेगा सारा जहाँ । (२)
२. ये विश्वास है मेरा होगा पूरा- सपना ये मेरा
न रहेगा अधूरा, ये विश्वास है मेरा,
फिर संग हम रहेंगे अपने प्रभु के साथ देखेगा सारा जहाँ । (२)१. नेपाल देश प्रभुकै नेपाल देश प्रभुकै हिमाल तराई नदी पहाड सुन्दर उनको रचना हो सुन्दर उनको रचना ह... ह... हल्लेलूयाह रे हो... हो... होसन्ना रे २. अमेरीका देश प्रभुकै नेपाल देश प्रभुकै हिमाल तराई नदी पहाड सुन्दर उनको रचना हो सुन्दर उनको रचना ह... ह... हल्लेलूयाह रे हो... हो... होसन्ना रे ३. भूटान देश प्रभुकै नेपाल देश प्रभुकै हिमाल तराई नदी पहाड सुन्दर उनको रचना हो सुन्दर उनको रचना ह... ह... हल्लेलूयाह रे हो... हो... होसन्ना रे ४. भारत देश प्रभुकै नेपाल देश प्रभुकै हिमाल तराई नदी पहाड सुन्दर उनको रचना हो सुन्दर उनको रचना ह... ह... हल्लेलूयाह रे हो... हो... होसन्ना रे
को. नेपाल हाम्रो जन्म भूमि, नेपाल हाम्रो जन्म भूमि
देश-विदेश घुमे तापनि नेपाल हाम्रो जन्म भूमि
१. चारै दिनको जिन्दगीमा भुलिरह्यौ आज (२)
कसको रह्यो घर-द्वार, कसको रह्यो राज (२)
२. सनातनको चोला छोड़ी, दुनियाँको भेष (२)
दुनियाँको भेष दिई भुल्यौँ स्वर्ग देश (२)
३. संसारको बजारमा बाह्रमासे मेला (२)
जन्म दिए ईश्वरले पर्यो कालको फेला (२)
४. बत्ती देख्दा पुतलीले ज्यानैसम्म फाल्छ (२)
येशूलाई भुल्यौँ भने, पापले नरक हाल्छ (२)
५. संसारमा झिलिमिलि कति राम्रा घर (२)
यस जीवनमा मुक्ति पाउँछौँ, येशूलाई हेर (२)को. नेपाली, पापी मनलाई पखाली, येशूको छेउमा जाऔँ (२)
१. पिलातुसले येशूज्यूलाई कोर्रा लगाइदिए (२)
क्रूस बोक्न कुरेनी भाइले (येशूलाई सघाइदिए) (२)
२. सबै मिली येशूज्यूलाई काँटी ठोकिदिए (२)
सबै हाम्रो पापको भारी (येशूले बोकिलिए) (२)
३. क्रूसद्वारा बग्यो ठूलो रगतको धारा (२)
पापी सबै प्रवेश गर्ने (यही हो मुक्तिको द्वार) (२)
४. गलगथाको पहाड़ैमा बलिदान भए (२)
प्यारो प्रभु येशूज्यूले (प्राण दान गरिदिए) (२)
५. शुक्रबारको तेस्रो पहर येशूले प्राण त्यागे (२)
मृत्यु नीदमा परेको प्रभु (तेस्रो दिनमा जागे) (२)