HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
१. (उघारेर पर्दा मेरो कोठाको जब म बाहिर हेर्दछु बर्सेर पानी भर्खरै रहेको हरियाली पाखा देख्दछु) (२) २. (धुनुहोस् धुनुहोस् येशू मेरो मन पनि तपाईंको पवित्र आत्माले) (२) (अझैँ चोखो बनाउनुहोस्) (२) तपाईंको पवित्र वचनले । ३. (जिएर नमूना बन्न परेको छ जब म सिकाउँछु अरूलाई बोलेर मात्र हुँदैन रहेछ बलियो जग निर्माण गर्नलाई) (२)
१. उचाईमा धेरै उचाई गाहिराइमा धेरै गाहिराइ
लम्बाईमा धेरै लम्बाई चौडाईमा धेरै चौडाई (२)
प्रेम येशूको यस्तो छ हृदयमा परिवर्तन गर्दछ
नता यसको कुनै मोल छ न यसको कुनै सिमा छ
को. येशू येशू मेरो प्रभु तपाईंलाई म प्रेम गर्छु
येशू येशू सबका प्रभु तपाईंलाई म प्रेम गर्छु (२)
तपाईंलाई म प्रेम गर्छु
२. ढुंगेनी हृदयलाई पनि मासुको हृदय बनाउँछ
कठोर त्यो मनलाई पनि हिउँ झैं पगाली दिन्छ (२)
प्रेम येशूको यस्तो छ...
३. अधर्मी पापीलाई पनि क्षमा गरि जीवन दिन्छ
मानव मानव बिच पनि सम्बन्ध न्यानो गराउँछ (२)
प्रेम येशूको यस्तो छ...उचाल्छु उच्च स्थानमा कि तपाईं महापुजाहारी उचाल्छु तपाईंलाई सबभन्दा माथि पाउँदानमा आउँछु आराधना गर्दछु (२)
(उचाल्छु म सधैं तपाईंको पवित्र नाउँलाई) (३) कारण तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ । (धन्यवाद चडाउँछु मेरो सारा हृदयले) (३) कारण तपाईंले मलाई प्रेम गर्नुभो’ । (प्रशंसा गरिरहनेछु मेरो अन्तिम साससम्म नै) (३) कारण तपाईंले मलाई जीवन दिनुभो’ ।
उचाल्छु येशूको नाउँ, पुकार्छु येशूकै नाउँ यो नाउँमा शक्ति छ, यो नाउँमा जीवन छ । लिनोस् प्रभु यो जीवन, दिनोस् मलाई पूर्ण शक्ति भर्नोस् ममा खुशी आनन्द, गर्छु सधैँ तपाईंकै भक्ति
उचाल्छौँ उच्च स्थानमा कि तपाईं महा पुजारी उचाल्छौँ तपाईंलाई सब भन्दा माथि पौदानमा आउछौ आराधना गर्न येशू (२)
उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु प्रशंसा महिमा तपाईंलाई सर्वदा (२) जसको हृदय तोडिएको छ जसको मन आँचिएको छ येशूमा आनन्द छ येशूमा शान्ति छ (२)
उछलते-उछलते मेरे आत्मा में उछलते मैं नाचूँ मैं गाऊँ यीशु ने मुझे बचाया कोई सम्झे या न सम्झे मैं कैसे चुप रहूँ उछलते (५) दिन और रात ।
उजाड यो मेरो जीवनमा खुशीको वहार येशूमा पाएँ अर्थहिन यो मेरो जीवनमा जीवनको अर्थ येशूमा पाएँ १. एकलै हिँडदाको गोरेटोहरुमा सहारा बिहिन पाइलाहरुमा (२) सहारा बिहिन मेरो जीवनमा जीवनको साथी येशूलाई पाएँ (२) २. आँशूले भिजेको पलहरुमा आफन्त बैरी भएको क्षणमा (२) अन्धकार यो मेरो जीवनमा जीवनको ज्योति येशूमा पाएँ (२)
१. उज्यालो भइगयो, प्रभु, दिनभरि काम गर्न अल्छी छोड़ी रमाई उठूँ, बिहानको भेट दिन (२) २. बोली चालमा चोखो भई, प्रभु, घामजस्तै उज्यालो सबै देख्छन् मेरो बाटो र विचार सब मेरो (२) ३. उचालिदिनोस् मन मेरो, प्रभु, दिनभरि कामैमा दुःख-सुख जे-जे होला तपाईंको नावैमा (२) ४. गत रातको नीँदको लागि, प्रभु, धन्यवाद दिँदछु तपाईंको दानै भन्छु मनैमा लिँदछु (२) ५. रक्षा हवस् दिनभरि, प्रभु, तपाईं नै देखि सफल हवस् कामै जति तपाईंकै लागि (२) ६. सत्य-सत्य ईश्वर तपाईं प्रभु, कोही छैन मेरो संसार भने पापले भर्यो दुखैको थुप्रो (२) ७. आज बाँचूँ पापैखि, प्रभु, गोहारै पाई मुक्तिदाता आफै तपाईं बचाइदेऊ मलाई (२)
उठ अनि गाउँ सियोनका सन्तान हो प्रभुले छुटकारा दिए हृदयलाई खोलेर आनन्द मनाउ (३) राजा प्रभु हुन
को. उठ जाग हे ख्रीष्ट प्रेमी हो सपना तोड़ी विपनामा तिमी
प्रभु ख्रीष्टको चरणमा आई मेल मिलापको आत्मा पाई
१. रित्तो छ संसार यहाँ केही पनि छैन यहाँ
दुइ दिनको पाहुना हामी बिदाई लिनु छ यहाँ
यसैले हरेकलाई येशूको खाँचो छ यहाँ
२. पश्चतापी हृदय लिई उनको चरणमा
आऊ आज बाँच्नलाई उनको शरणमा
ख्रीष्ट येशू बादलमा चाँड़ै नै आइरहेछन्को. उठ, जाग हे मसीही, यर्दनपार जानलाई (२)
त्याग, त्याग मिश्रको यो सुख-विलास, मानलाई (२)
१. कति पनि शंका नराखी येशूको करारमा (२)
अघि बढ़ी विवश नभई (२) प्रभुको विश्वासमा ।
२. समुद्र गर्जोस, थर्कोस् पर्वत, बाढ़ी बढ़ोस् यो यात्रामा (२)
फर्की नहेरी सदोम नगरलाई (२) कदम बढ़ाऊ सियोन पहाड़मा ।
३. नजर उठाई कलवरीमा हेरी ख्रीष्ट निशानालाई (२)
हटाइदिने बाधा र बन्धन (२) नाश गर्ने अन्धकारलाई ।
४. अब्राहाम, इसहाक, याकूब, योसेफलाई साथ दिने, हे याह्वे (२)
हल्लेलूयाह, हल्लेलूयाह (२), स्तुति महिमा, हल्लेलूयाह ।उठ र चम्क, परमेश्वरलाई महिमा चढाऊ (२) परमेश्वरका बालकहरू हो ।
को. उठिहेर आकाशैमा नयाँ तारा उदाएको
सुनिहेर बतासैमा नयाँ सन्देश ल्याएको
आनन्दले पूर्ण यो, शान्तिले पूर्ण यो
येशू राजा जन्मेको सुसन्देश (तिमी मेरै लागि हो हो हो) (२)
१. (अन्धकारपूर्ण जगत्मा ज्योति ल्याउनुभयो उहाँले
निराशालाई जीवन दिन आशा ल्याउनुभयो उहाँले) (२)
परमेश्वर अवतार लिई मानव बनी आउनुभो’
हाम्रो मुक्तिदाता प्रभु जगत्मा आउनुभो’ ।
२. (लक्ष्यहीन जीवनको लक्ष्य बनी, ख्रीष्ट जगत्मा आउनुभो’
प्राणहीन जीवन दिन डुँड़मा प्रभु पस्रनुभो’) (२)
बाटो, सत्य र जीवन उहाँ, मानव बनी आउनुभो’
तिमी-मलाई बचाउनलाई जगत्मा आउनुभो’ ।(उठो और गाओ सियोन के सन्तानों क्योंकि प्रभु ने छुटकारा दिया) (२) (दिलों को खोलो और आनन्द मनाओ) (३) क्योंकि राजा प्रभु है ।
उडाउँछन् हुरीले यो मन पातहरुलाई बताशले झैं सम्हाली देउ प्रभु आज हो... हो... हो सम्हाली देउ प्रभु आज १. बेहोश जीवनको कहिले कहिँ हार ल्याउन खोज्छ यो मनले पनि (२) मुटुको ढुक्ढुकी हराउन खोज्छ आत्माको दियो निभाउन खोज्छ सम्झन्छ फेरी ख्रीष्टको यो शान्ति आनन्दको कारणले होशमा आउँछु सम्हाली देउ प्रभु आज हो... हो... हो सम्हाली देउ प्रभु आज २. ख्रीष्टको नजरमा बाँचेर यहाँ विजयीको जीवन जिउनु छ (२) लडनु छ धेरै लडाईहरु तोडनुछ अन्धकारको बन्धनहरु सत्यताले कम्मर कसेर विश्वासको ढालहरु उठाउन सम्हाली देउ प्रभु आज हो... हो... हो सम्हाली देउ प्रभु आज
को. उड़ी जाने बादल झैँ, बगी जाने खोला झैँ
व्यर्थै न सम्झी देऊ तिम्रो मेरो जीवनलाई (२)
१. हार मात्र होइन यहाँ जीत पनि छ
आँशु मात्र होइन यहाँ हाँसो पनि छ
सित्तैमा लिन आऊ येशूमा भरपूर्ण जीवन ल्याऊ येशूमा (२)
२. आफू मात्र होइन यहाँ धेरै बाँच्नु छ
पहाड़ मात्र होइन यहाँ मधेश पनि छ
मुक्तिको सन्देश फैलाउनु छ आशाको दियो जलाउनु छ (२)उत्सव मनाउँछु प्रभुको लागि, नयाँ गीत म उनको गाउँछु (२) स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु (२) हल्लेलूयाह (४) हल्लेलूयाह, हल्लेलूयाह ।
(उत्सव मनाऔँ, येशूको उत्सव मनाऔँ) (२) राज्य गर्छन् सदासर्वदा उनी बौरी उठेका छन् आऔँ हामी उत्सव मनाऔँ, पुनरुत्थान हाम्रो प्रभुको । ईश्वरपुत्रले प्रेम गरी जीवन दिए, स्तुति चढाउँछौ, कसैले नदिने आनन्द दिए, भेटी लिएर आउँदछौ उत्सवको स्तुतिमा, आऔँ, हामी उत्सव मनाऔँ, उत्सव मनाउँदै गाऔँ, उत्सव मनाउँदै गाऔँ राजालाई, आऔँ, हामी (उत्सव मनाऔँ) (२) (उत्सव मनाउँदै गाऔँ) (२) राजालाई ।
को. उदाए दिव्य उद्धारक धरतीको अन्धकारमा
ज्यातिर्मय ख्रीष्ट उदित भए मुक्तिको प्रकाश लिएर (२)
१. घोर अन्धकारमा ज्योतिविहिन भई हजारौं ठोकर खाई,
बाटो भुलेका व्याकुल निराश निर्बल यात्रीलाई,
बाटो देखाई, पाउ डोहर्याई पुर्याउन परमेश्वरकहाँ
दिव्य उद्धारक ज्योतिमय प्रकाश उदाए यस धरतीमा ।
२. चिन्ता र पीरको भारले दबेको जगतको सुनी चीत्कार,
पाप, दुर्गन्धमा निस्सासिएको आत्माको गर्न उद्धार,
मानवतालाई हराइसकेको जीवनको गर्न सुधार
उदाए तारक, प्रकाशमय तारक, बचाउन संसार सारा ।
३. परमप्रभुले करुणाले गर्दा प्रदीप्त ख्रीष्ट पठाए,
संसारले अन्धा पारेको आँखा खोल्नलाई ख्रीष्ट आए,
अन्धकारबाट ज्योतितिर नै फर्काउन ख्रीष्ट उदाए
शैतानको बन्धनबाट उम्काउन प्रतापमय ख्रीष्ट जन्मे ।
४. महान् प्रभुको करुणा पाउने योग्य म थिइनँ
म पापको रोगी नरक जानाले हुन्थ्यो स्वर्ग शून्य ?
किन प्रभुले मलाई खूब खोजे ? किन महिमा दिन ?
अवाक् म हुन्छु अनुग्रह देखी, नझुकी म सक्तिनँ । उदायो एक चम्किलो तारा अन्धेरी रातमा (२)
ज्योतिषीहरु हिड्न लागे ताराको अगुवाईमा
को. नवजात प्रभुको दर्शन पाए गाईको डुडैमा
पापी जगतलाई मुक्ति दिन जन्मिए संसारमा
१. सुन् र धुप मुर्रको
भेटी चढाए प्रभुमा (२)
कृतज्ञ बन्दै हर्षाशु झार्दै (२)
दर्शन गरे उनैलाई
को. मुक्तिदाता हाम्रो प्रभु येशूलाई भेटाए
सारा संसारमा यो खबर खबैलाई सुनाए
२. निराश र हतासमा
छौ कि तिमी अहिले (२)
सुनी राख खुशीको खबर (२)
जीवन दिन्छन् येशूले
को. अनुग्रहको झरी बर्षाए क्षमादान दिनलाई
चाहान्छन् येशू अंगालो हाल्न सधै तिमीलाईको. उदायो तारा आज, नील गगनको माझ
यो अन्धेरी रातलाई, उज्यालो बनाइदियो
१. गाईको गोठमा पस्रेको प्रभु पापी जन सबको उद्धार गर्न
जन्मे आज, जन्मे प्रभु जगमा उहाँ एकलो डुँड़ैमा (२)
२. आनन्द मनाऔँ यो शुभ-रातमा, सुसन्देश सुनाऔँ सारा जगत्मा,
जन्मे आज जन्मे प्रभु जगमा, ज्योतिका हाम्रा राजा (२)१. उदेकको त्यो तारा चम्कियो आकाशमा
जन्मनुभो’ प्रभु आज गाईको गोठमा, हाम्रा जीवनमा ।
को. होस्-होस् प्रभुलाई महिमा हाम्रो जीवनमा
होस्-होस् प्रभुलाई महिमा अनन्त कालसम्म
२. उदेकको त्यो बलिदान प्रभुले जो दिनुभो’
श्रापित क्रूसमा मर्नुभो’ प्रभु दिनु एक वरदान
हामीलाई मुक्तिदान ।
३. उदेकको त्यो आशा पाउँछौ जो प्रभुमा
आउनेछन् बादलमा तुरहीको साथमा
लिन हामीलाई उनकै राज्यमा ।उदेकको प्रेम छ येशूको, उदेकको प्रेम छ येशूको उदेकको प्रेम छ येशूको, अति उदेकको प्रेम । अग्लो छ, म पुग्न सक्तिनँ, गहिरो छ म डुब्न सक्तिनँ, चौडा छ, म नाप्न सक्तिनँ, अति उदेकको प्रेम ।
उदेकको प्रेम छ येशूको, उदेकको प्रेम छ येशूको उदेकको प्रेम छ येशूको, अति उदेकको प्रेम अग्लो छ पुग्न सक्दिनँ, गहिरो, छ, डुब्न सक्दिनँ चौड़ा छ नाप्न सक्दिनँ, अति उदेकको प्रेम ।
को. उदेकको प्रेमिलो ख्रीष्ट येशू राजाको
धन्यवाद महिमा स्तुति होस् सर्वदा
१. पिताले पुत्रलाई संसारमा दिनुभो’
यो कति उदेकको प्रेम ईश्वर पिताको,
येशू ख्रीष्ट प्रेमिलो प्रेमले स्वर्ग छोड़्नुभो’
गेतसमनी पनि प्रेमले जानुभो’ ।
२. प्रेमले क्रुसको मृत्यु भोग्नुलाई जानुभो’
मृत्युबाट तेस्रो दिन बौरी उठ्नुभयो
येशू ख्रीष्ट जीवित छन्, म उनमा जिउँदछु
तन-मनले उनैको गाउनेछु गीत जयको ।
३. उदेकको प्रेमिलो ख्रीष्ट येशू राजाको
धन्यवाद महिमा, स्तुति होस् सर्वदा
जानुभो’ स्वर्गलोकमा फिर्नेछन् बादलमा
लिएर हामीलाई पुर्याउँछन् त्यस ठाउँमा ।को. उद्धारको दिन छ आज नै मित्र समयलाई नपर्ख
अनिश्चित चोलाको भरोसा के छ अहिले नै ढल्न सक्छ
१. देखी डरलाग्दो दशा पापीको ख्रीष्ट अघि सर्नुभो’ (२)
सही चोट त्यो श्रापित क्रूसको, मुक्ति द्वार खोल्नुभो’ (२)
२. दिन्छन् प्रभु ख्रीष्ट मुक्ति र शान्ति पछ्ताउने पापीलाई (२)
सित्तैको मुक्ति लिनका निम्ति आऊ आज येशूकहाँ (२)उनको झण्डा मेरो लागि प्रेम (२) उनले मलाई भोजको घरमा लिई आए, उनको झण्डा मेरो लागि प्रेम, उनको प्रेम (२)
१. उनले चाहे म तत्पर छु
उनले चाहे म हाजिर छु
उनले चाहे म खुशी छु
काम गनेछु, म येशूको जरूर ।
को. काम गर्नेछु, म उनको दास हुनेछु
म उनकै साथ हिँड़्नेछु म ख्रीष्टकै हुँ जरूर (२)
२. शहर, पहाड़ होस् या मधेश होस्
शहर, पहाड़ होस् या जंघार होस्
शहर, पहाड़ होस् या तराई होस्
काम गर्नेछु म येशूको जरुर ।उनले मेरो हात छोड़्ने छैनन् (२) हुरी आए पनि, बतास आए पनि उनले मेरो हात छोड़्ने छैनन् ।
को. उनि विना बाँच्न सकदिन, येशू विना बाँच्न सकदिन
जीन्दगीको पानामा सजाउछु येशूलाई (२)
उनि विना बाच्न सकदिन, येशू विना बाच्न सकदिन
१. मेरो जीवन आत्मा प्राणाले उनीहरुलाई नै खान्छ
मुटुको धड्कनहरुमा उनी सधैनै सकिन्छन्
सदा सर्वदा उनको महिमा, प्रशंसा, आरधना उनको नाउँको
२. उनले दिएको यो प्रेम, अजम्बरी सम्म रहन्छ
पापी दुनियाँलाई बचाउन उनले दिएको त्यो बलिदान
सदा सर्वदा उनको मसहमा, प्रशंसा, आरधना उनको नाउँकोउनी नै हुन् प्रभु मृत्युबाट बौरने, उनी प्रभु हरेक घुँडा टेक्नेछ, हर जिब्रोले भन्नेछ येशू ख्रीष्ट नै हुन् प्रभु । तिमी नै हा प्रभु मृत्युबाट बौरने, तिमी प्रभु मेरा घुँडा टेक्नेछन् र जिब्रोले भन्नेछ येशू ख्रीष्ट नै हुन् प्रभु ।
उनी राजाहरुका राजा उनी प्रभुहरुका प्रभु उनले रज्य गर्छन् हामी सदा उनले चट्टान फोर्ने छन् मुक्ति दिन हामीलाई सदा हल्लेलूयाह... हल्लेलूयाह राज गर्छ
को. उनी हाम्रो सृजनहार, उनी हाम्रो तारणहार
उनी हाम्रो पालनहार, सुन्छन् उनले हाम्रो पुकार ।
१. यहोवाको लागि जय जय गरौं आनन्दित उनैको सेवा गरौं ।
गाउँदै उनको सामु आऔं यहोवे ईश्वरलाई जानौं ।
२. उनको खर्कका हामी भेड़ा हौं धन्यवाद गर्दै ढोकाभित्र पसौं
स्तुति गर्दै आँगनमाम बसौं धन्य भनौं उनको नामलाई ।
३. यहोवे महान प्रभु भलो छन् उनका करूणा सदा रहन्छ
उनको सच्चाई पुस्ता-पुस्तामा अमर यो रहनेछ ।उनी हुन्छन् सदा थुमा सिंहासनमा खुशीसाथ घुँडा टेकी गर्छु आराधना ।
को. उपकारको भेटी ख्रीष्टका निम्ति (२)
हर्षित तुल्याउने सुगन्ध अनि, ग्रहणयोग्य बलिदान हो ।
१. सुन चाँदी सहित सृष्टि गरे पृथ्वीलाई महिमित प्रभुले (२)
प्रभु भन्छन् - “सुन चाँदी हुन् मेरा चाहन्नँ केही सहारा” (२)
यसकारण प्रभुलाई केही थोक दिन भार र कर होइन हो सौभाग्य । (२)
२. प्रभुका जन दाऊदले भन्छन् - “हामीहरूसँग के छ र ? (२)
जति सम्पत्ति बटुलेका छौं सबै यी तिम्रै हुन् (२)
तिम्रै हातद्वारा नै पाएका हौं, तिमीलाई नै चढाउँछौ ।” (२)
३. हर्षसहित दिने विश्वासीलाई प्रभुले प्रेम गर्दछन् सधैं (२)
यसकारण चित्त नदुखाइकन हर्षसहित दिऊँ उनलाई (२)
जसले थोरै छर्छ, थोरै बटुल्छ धेरै छरौं खूबै बटुलौं । (२)
४. के मानिसले सत्य परमेश्वरलाई छल्न या लुट्न सक्दछ र ? (२)
तर पनि प्रभुको भाग नदिई नित्य लुट्दंछौं उनलाई (२)
यसकारण प्रभुलाई आदर गरेर उनको भाग ल्याऊँ उनको भवनमा । (२)
५. सत्य प्रभुको प्रतिज्ञा यो छ, “सम्पूर्ण दशांश भण्डारमा ल्याऊ (२)
त्यसपछि मलाई जाँची हेर आशिष दिन्छु या दिन्नँ ? (२)
स्वर्गका झ्यालहरू खोलेर हूबै आशिष वर्षाउँछु या वर्षाउन्नँ ? (२)
६. दिएर पनि आशिष् नपाऊँ तर पनि म दिन्छु नै (२)
घटी पनि मेरो पूर्ण नहोस् दिनु मैले पर्छ नै (२)
किनकि म छु ऋणी मेरा प्रभुको नछुट्ने गरि नित्य छु ऋणी । (२)
७. सब थोक दियौ प्रभु मेरा निम्ति सक्तिनँ वर्णन गर्न यसको (२)
हृदय प्रशंसाले भरिन्छ, दिन चाहन्छु केही थोक (२)
प्रेमी ख्रीष्ट प्रभुलाई म दिनेछु हर्षसहित म दिनेछु । (२)को. उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
उनैको अद्भूत मायामा हाँसिरहेको छु यहाँ
उनैको कोमल कृपामा गाइरहेको छु यहाँ
१. जीवनमा एक दिन रात पर्छ यहाँ, मस्त निदाउँछु
कलवरीपारि सुन्दर बिहान मानिस ब्युँझन्छ
मनोहर भागमा स्वर्गीय राजमा जयवन्तको गीत गाउँछु
येशूको मुहार आफ्नै अघि देखेर रमाउँछु ।
२. हीराले जड़ी तयार गरी राखेको शहरमा
मणि जड़ेका शहरका ढोका बाटा छन् सुनौला
हिँड़्नेछु सदा येशूको साथमा सन्तगण लहरमा
हात-हातमा येशूको साथ बस्नेछु सर्वदा ।
३. संसारको दुःख केही पनि होइन, स्वर्गको सुखमा
सतावट पनि केही पनि होइन, स्वर्गको महिमामा
सम्मान र मुकुट मिल्नेछन् मलाई त्यो पूर्ण मिलनमा
बिहानका तारा, ख्रीष्ट मेरा प्यारा, पूज्नेछु सर्वदा ।को. उपहार स्वरूप मेरो जीवनमा चढ़ाउँछु प्रभुलाई
प्राण आत्मा शरीर साथ अर्पन्छु यो जीवन (२)
१. बालकपनदेखिको सारा पाप अपराध
धोइदिनुहोस् प्रभु पश्चाताप गर्दछु (२)
२. जीवनको गोरेटोमा हिँड्न सिकाउनुहोस्
शैतानको बाधादेखि बचाउनुहोस् मलाई (२)१. उँभै ता हेरूँ स्वर्गलोक छ (२), उँधै ता नरलोक, हेर प्रिय भाइ (२) २. तिमीले भन्छौ स्वर्ग तर्छु (२), तर्छौं पो कसरी, हेर प्रिय भाइ (२) ३. स्वर्ग तर्नु खेलठट्टा छैन (२), धाउनुछ ख्रीष्टकहाँ, हेर प्रिय भाइ (२) ४. स्वर्ग बाटो एउटा छ खालि (२), उनी हुन् प्रभु ख्रीष्ट, हेर प्रिय भाइ (२) ५. ख्रीष्टलाई भजी तर्नु छ पारि (२), मन गरी एक चित्त, हेर प्रिय भाइ (२) ६. पिताले दिन्छन् स्वर्गलोकमा (२), बस्नु ता नित्यनित, हेर प्रिय भाइ (२)
उसके फाटकों में प्रवेश करूँगा धन्यवाद के साथ उसके आँगनों में स्तुति करूँगा मैं कहूँगा ये दिन यहोवा ने बनाया मैं खुश हूँ कि आनन्दित किया आनन्दित किया मुझे आनन्दित किया मैं खुश हुँ कि आनन्दित किया (२)
उसने दाखरस और तेल उण्डेला, मेरी आत्माको चंगा किया यरीहो के किनारे अधमूआ पड़ा उसने दाखरस और तेल उण्डेला यीशु, यीशु, यीशु मैंने उसे पा लिया (३) मैंने यीशु को पा लिया... ॥
उहाँ योग्य अति योग्य मेरो दिन-व-दिनको वास्ता गर्नलाई उहाँ योग्य अति योग्य मेरो स्थिति सम्हाल्नलाई आज (च्भउत) उहाँ योग्य अति योग्य मैले चाहेको भन्दा धेरै गर्नलाई उहाँ योग्य अति योग्य उहाँले चाहेको जस्तो हुन मलाई -२
उहाँको पवित्र डाँड़ामा, हाम्रा परमेश्वरको शहरमा परमप्रभुमा महान् र उच्च स्तुतिको योग्य हुनुहुन्छ (२)
उहाँको मार्गमा हामी हिँड्नेछौं उहाँको ज्योतिमा हामी रहन्छौ उहाँको वचनलाई पालन गर्छौ ....... प्रभु हामीसँग धेरै नजिक प्रभु हामीसँग इमानुयल (२) उहाँको जीवनमा हामी जिउने छौ उहाँको सत्यतामा हामी रहन्छौ उहाँको धर्मिकतामा हामी हिँड्ने छौ प्रभु हामीसँग....... ।
को. उहाँको राज्यमा सबैलाई निम्तो छ
गरीब धनी सबैलाई पापी धनी सबैलाई (२)
हे..हे..हे..हो (३) ल... (३) हे (३)
१. उनी आए संसारमा मेरै निम्ति उनी आए संसारमा तिम्रो निम्ति (२)
बुझि देऊ है आज प्रभुलाई सग्झी देऊ है आज प्रभुलाई (२)
२. येशू आए संसारमा जीवन दिन येशूआए संसारमा शान्ति दिन (२)
बुझिदेऊ है आज प्रभुलाई सम्झिदेउ है आज प्रभुलाई (२)(उहाँलाई महिमा मण्डलीमा अहिले र सधैँ) (२) (उहाँलाई) (४) उहाँलाई महिमा मण्डलीमा अहिले र सधैँ ।
उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नुभयो, उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनुभो’ हाम्रो परमेश्वरको स्तुति (४)
उहाँले मलाई सत्यानाशको खाडलबाट र दलदले हिलोबाट तानेर निकाल्लु भयो उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्लु भयो, उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालीदिनु भो’ । हाम्रो परमेश्वरको स्तुति (४)